नीति तथा कार्यक्रमबारे छलफल गरेर सकियाे नेकपाको सचिवालय बैठक
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा सरकारले आज प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेको बैठकमा आज संसदमा राट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमकारे छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका बारेमा सचिवालयको धारणा माग गरेको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा सचिवालय सदस्यहरू महत्वपूर्ण सुझावहरु दिएको श्रेष्ठले बताए ।
‘प्रधानमन्त्रीले सरकारको नीति तथा नीति कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने अझै पनि दिन हुन सचिवालय बैठकलाई अनुरोध गर्नुभयो’ उनले भने, ‘त्यसका बारेमा केही विषयमा महत्वपर्ण सुझावहरु सचिवालय बैठकबाट दिने काम भयो ।’
आजको बैठकमा स्थायी कमिटी बैठकका बारेमा छलफल हुने बताइए पनि यो विषयले प्रवेश पाएन । मिति तोकेपछि २ पटकसम्म स्थगित भएको स्थायी समिति बैठकका विषयमा छलफल नै नभएको प्रवक्ता श्रेष्ठले बताए। श्रेष्ठले भने, ‘आजको बैठकमा त्यसको कुनै टुंगो भएको छैन, नीति तथा कार्यक्रमपछि सचिवालय बैठकका बीचमा केही छलफल होला ।’