महेन्द्रराय यादवको टिप्पणी- नीति तथा कार्यक्रममा ठोस कुरा आएन
काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिधिसभामा सोमाबर छलफल जारी छ । सोहि छलफलका क्रममा जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले कोरोना संकट समाधानका लागि ठोस कुराहरु नआएको बताएका छन् ।
प्रतितिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा माग दिँदै उनले जनताले विश्वास गर्ने कुनै पनि कुराहरु नीति तथा कार्यक्रममा नरहेको बताए । प्रदेशलाई अधिकारबिहीन बनाएको उल्लेख गर्दै उनले अहिलेको संकटबाट जनतालाई कसरी बचाउने, अर्थतन्त्र कसरी जोगाउने भन्ने विषय नीति कार्यक्रममा कहिकतै उल्लेख नभएको बताए ।
कोरोना महामारीबाट प्रभावित क्षेत्रमा विशेष राहतका प्याकेज ल्याउन माग गर्दै यादवले कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा मौसमी राष्ट्रवाद देखाएको बताए । नेपालको एक इन्च भूमि पनि मिच्न नदिने कुरामा सबै एक ठाउँमा हुँदा पनि सरकारले समस्या सामाधान गर्न नसकेको उनले बताए ।