कला साहित्य

मातृभूमि नेपाल

मातृभूमि नेपाल

मुक्ति राम पाण्डे 'शंकर'

शासन सत्ता टिकाइ राख्न भूमि दिए पहिल्यै!
नक्सा हाम्रो भूमी उसकाे नहाेस है कहिल्यै !!
सिमानामा तार बार बजेट सबले भराै !
दुई देशकाे सेतु बनाैं आर्थिक क्रान्ति गराै !!

इतिहासलाई केलाइ हेर बहादुर हामी !
वीर गोर्खालीका सन्तान हामी हार्नै नजान्नी !!
हाम्रो सान उँचो थियोे परा पुर्वकालमा !
जति दिन्छन खाने भयाैं विदेसीले थालमा!!

तराई पाउ, पहाड छाती ,सगरमाथा शिर !
सयौं जाती, भेष, भुषा, स्वाभिमान र वीर !
गाैतम बुद्ध यहिँ जन्मे ज्ञान बाँडे शान्ति !
उपदेश् मान्न सके कहिल्यै हुन्न युद्व र क्रान्ति !

भाई फुटे गवार लुटे बन्न दिन हुन्न !
सबै हामी मिल्न सके कहिले उसले छुन्न !
देश बिकासमा जुटाैं अब समृद्धिकाे माला बुनि !
स्वर्ग भन्दा प्याराे नेपाल हाम्रो मातृ भूमि!!


 

विशेष