सरकारका अनेकौैं काम आलोचनायोग्य तर नयाँ नक्सा जारी गर्नु स्वागतयोग्य : गौतम
काठमाडौँ । नेकपाका सचिवालय सदस्य वामदेव गौतमले वर्तमान सरकारले गरेका अनेकौं कदम आलोचनायोग्य भए पनि अतिक्रमित भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने काम स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।
बुधबार बिहान समाजिक सञ्जाल फेसबुकमार्फत नेता गौतमले सिमाना व्यवस्थापनकसँ सम्बन्धित ऐतिहासिक अभिलेखलाई नयाँ नक्साले बलियो बनाएको उल्लेख गर्दै गौतमले आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र ऊर्जा दिएको बताएका छन् । नेता गौतमले नेपालका अतिक्रमित भूमिलाई समेटेर मुलुकको नयाँ नक्सा जारी गर्न सुरुदेखि नै आफूले माग गर्दै आएको बताएका छन् ।
त्यस्तै नेता गौतमले कोही निश्चित व्यक्तिको प्रयासबाट नभएर सामूहिक प्रयासबाट नयाँ नक्सा जारी गर्ने निर्णय भएको बताए । उनले भनेका छन्, अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, 'यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ । हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ ।'