राजनीति

नेकपाकाे सचिवालय बैठकमा प्रचण्डको आसन फेरियो

नेकपाकाे सचिवालय बैठकमा प्रचण्डको आसन फेरियो

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल हुनेबताइएकाे छ । शनिबारको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आसन फेरिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डलाई समानान्तर कुर्सीको व्यवस्था गरिएको छ । यसअघिका बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिएको थियो । नेकपाभित्र प्रधानमन्त्री ओलीकै विकल्प खोज्नेसम्मको विवाद चर्किएका वेला एकताको सन्देश दिनेगरी आसनको व्यवस्थापन गरिएको अर्थमा हेरिएको छ ।

४ मंसिरमा कार्यकारीको जिम्मेवारी पाएपछि अध्यक्ष प्रचण्डलाई गत १३ पुसको सचिवालय बैठकमा पहिलोपटक ओलीसँगैको समान आसनमा राखिएको थियो । तर, त्यसपछि भने प्रचण्ड सचिवालय सदस्यहरूसँगैको लहरमा रहँदै आएका थिए । बैठक ओली र प्रचण्डको संयुक्त अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

विशेष