धार्चुलाका कांग्रेस बिधायक भन्छन- 'कालापनी भारतको अभिन्न अंग थियो र भारतकै रहनेछ!'
काठमाडाैं। नेपाल भारत सिमा विवादले उग्र रुप लिएका बेला भारतको उत्तराखण्डमा पर्ने धार्चुला जिल्लाका कांग्रेस बिधायक हरिश धामीले भने आगोमा घिउ थप्ने अभिव्यक्ति दिएका छन् । उनले नेपाली भूमि कालापानी, लिपुलेख र लिम्पियाधुरालाई भारतीय भुमि भन्दै खारेज भएको सुगौली सन्धि मान्न आवश्यक नरहेको बताएका छन्।
धारचूलाका कांग्रेस विधायक हरीश धामीले पिथौरागढ़मा मीडियासँग प्रतिक्रिया दिँदै भने, 'कालापनी भारतको अभिन्न अंग थियो र भारतकै रहनेछ। चीनको भनाईमा आएर नेपालले भारत विरोधी बयान दिइऱहेछ, जुन सोझै गलत हो'। हरीश धामीले नेपालमाथि आरोप लगाउँदै भने, 'भारतले नभएर नेपालले भारतको जमीनमा अतिक्रमण गरेको छ।'