राजनीति

लकडाउन खुकुलो हुने संकेत, मन्त्रिपरिपद् बैठकमा भयो यस्तो छलफल

लकडाउन खुकुलो हुने संकेत, मन्त्रिपरिपद् बैठकमा भयो यस्तो छलफल

काठमाडौँ । सरकारले लकडाउन खुकुलो बनाउनेबारे छलफल गरेको छ । आइतबार बसेको मन्त्रिपरिपद् बैठकमा लकडाउनलाई निरन्तरता दिने कि खुकुलो बनाउँदै लैजाने भन्नेबारे छलफल भएको एक मन्त्रीले बताए । संसदको बजेट अधिवेशन बोलाउनेबारे छलफल गर्न मन्त्रिपरिपद् डाकिएको थियाे ।

उनका अनुसार बैठकमा संक्रमण देखिएका र नदेखिएका क्षेत्रलाई वर्गीकरण गरि त्यसैअनुरुप रणनीति बनाउनु पर्ने कुरा उठेको थियो । वैशाख २५ गते सरकारले देशभर जारी गरेको लकडाउन ४५ दिन पुग्छ । छिमेकी भारतले दुई साताका लागि लकडाउन थप गरिसकेको छ ।

नेपालमा कोरोना संक्रमण देखिने क्रम जारी गरेकाले लकडाउनबारे सरकारले कुनै निर्णय लिइसकेको छैन । आइतबारको बैठकले उच्चस्तरीय समन्वय समिति अन्तर्गत रहेको मुख्यसचिव नेतृत्वको कार्यदल र गृह मन्त्रालयलाई आवश्यक गृहकार्य गरी सुझाव पेश गर्न निर्देशन दिएको छ ।

विशेष