राजनीति

घाइते भएर अस्पताल पुगेका नेकपा केन्द्रीय सदस्य अनिल बिरही गिरफ्तार

घाइते भएर अस्पताल पुगेका नेकपा केन्द्रीय सदस्य अनिल बिरही गिरफ्तार

काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा 'बिरही'लाई प्रहरीले घाइते अवस्थामै गिरफ्तार गरेको छ। विरहीलाई प्रहरीले चितवनको एक अस्पतालबाटै गिरफ्तार गरेको उनको पारिवारिक स्रोतले बतायो ।

बिरही भर्‍याङबाट लडेपछि उनका परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको बताइएकाे छ । पारिवारिक स्रोतले उनलाई सादा पोशाकमा आएका प्रहरीले गिरफ्तार गरेको हो । नियन्त्रणमा लिइए पनि उनको उपचार भने जारी रहेको बताइएको छ । 

विशेष