बालुवाटारमा जारी सचिवाल बैठक छोडेर हिडे ओली, के हो कारण ?
काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले जारी छ । तर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली बालुवाटारमा जारी बैठक नै छोडेर हिडेका छन् । उनी किन बाहिरिए भन्ने बिषयमा केहि जानकारी प्राप्त भएको छैन ।
ओली स्वास्थ्य अवस्थाका कारण बारिएका हुन् या बैठकमा चर्काचर्की भएर हिडेका हुन् भन्ने बारेमा केहि खुलाइएको छैन । ओली बैठक छोडेर हिडेको बारेमा नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक भने बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ। बैठकको समय र स्थानबारे सम्पूर्ण स्थायी समिति सदस्यहरूलाई जानकारी आइसकेको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए। नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो।