सरिता गिरीलाई संसद पदबाट हटाउन युवा संघको सात दिने अल्टिमेटम, बिज्ञप्तिसहित
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले संसद सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गिरीलाई १ हप्ताभित्र संसदबाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई माग गरेको छ । गिरी जनता समाजवादी पार्टीबाट निर्वाचित सांसद हुन् ।
युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलले एक बिज्ञप्ति जारी गर्दै यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
‘संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गम्भीरतापूर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौँ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहान्छौँ’ विज्ञप्तिमा भनिएको छ।
नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य माननीय सरिता गिरिलाई संघले स्मरण गराएको छ ।
‘संसदको सदस्य निर्वाचित भइ कार्यकाल संहाल्नु अघिी संविधानको संरक्षण र पालना गर्ने शफत खाएको साँसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।
सांसद गिरीको अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्टहित विपरितको हर्कतको राष्ट्रिय युवा संघ नेपालले घोर आपत्ति र भत्र्सना गरेको छ । गिरीबिरुद्ध एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए संगठनले गंभिरतापुर्वक लिने राष्ट्रिय युवा संघले चेतावनी दिएको छ ।
'निजका विरुद्धमा संघिय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गंभिरतापुर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौ । त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्वेवार स्वयम निज सरिता गिरि र सम्वन्धीत दल हुने व्यहोरा समेत अग्रिम जानकारि गराउन चाहान्छौ ।' बिज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ बिज्ञप्ति