सार्वजनिक यातायात नचल्ने, निजीमा जोर विजोर लागू, मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने
काठमाडौं । सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे । तर निजी सवारी साधान सञ्चालनमा भने सहज हुने भएका छ । उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ ।
गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ । उपत्यका बाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ । यस्तै सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने भएको छ ।
तर मोटरसाइकलमा एक जना भन्दा चढ्न नपाइने सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो ।
त्यस्तै सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ ।यो व्यवस्था बिहीबारदेखि नै लागू हुनेछ ।