राजनीति

काम गर्न नसकेपछि स्वास्थ्य बिभागका महानिर्देशकलाई सरुवा गर्ने तयारी

काम गर्न नसकेपछि स्वास्थ्य बिभागका महानिर्देशकलाई सरुवा गर्ने तयारी

काठमाडाैं । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारीरुपमा गर्न नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभाग र महाशाखाका प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ। मन्त्रालयको कमजोर कार्यशैली भएको भन्दै आलोचना हुन थालेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले केही महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेका हुन्।

मन्त्री ढकालले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठको स्थानमा विकल्प सोचिरहेको बताइएको छ। यस्तै, कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको ट्र्याकिङ र ट्रेसिङको महत्वपूर्ण जिम्मेवारी पाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले समेत काम गर्न नसकेको भन्दै उनको स्थानमा अर्को कर्मचारी पठाउने तयारी भएको छ।

मन्त्री र उनको सचिवालयले व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा रुना झालाई पनि अन्यत्र सरुवा गर्ने गृहकार्य गरिरहेको बताइएको छ। स्वास्थ्य सामग्री खरीद गर्दा ओम्नी कम्पनीसँगको विवादमा आफ्नो नामसमेत जोडिएपछि मन्त्री ढकाल महानिर्देशक श्रेष्ठसँग बेखुस छन्।

महानिर्देशक श्रेष्ठले मन्त्री ढकाललाई बाइपास गरी माथिल्लो निकायसँग सल्लाह गरी एकैपटक मनपरि तिकाले ओम्नीको सम्झौता रद्द गरेको घोषणा गरेको ती कर्मचारी बताउँछन्। लकडाउन सुरु भएपछि स्वास्थ्य मन्त्रालयले परीक्षण, ट्र्याकिङ र ट्रेसिङ तथा क्वारेन्टाइन र आइसोलेसनको अनुमगनलगायतका काममा तीव्रता दिनुपर्नेमा ती काम हुन नसकेपछि मन्त्रालय र मन्त्रीको आलोचना भइरहेको छ।

‘जिम्मेवारी पाएका निकाय प्रमुखहरुले राम्रो नेतृत्व गर्न नसकेपछि मन्त्रीज्यूले केही कर्मचारीको जिम्मेवारी फेरबदल गर्न खोज्नु भएको हो,’ मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने, ‘यसका लागि उहाँले केही निकटस्थसँग सल्लाह गर्नुभएको छ।’

र यो पनि,

माफियाको खेताला स्वास्थ्य विभागका असफल महानिर्देशक

ओम्नीलाई नियम विपरित २० करोड भुक्तानी दिन नमानेपछि केशव प्रसाई गलहत्याइए

स्वास्थ्य सेवा बिभागका महानिर्देशक भन्छन- कोरोना नियन्त्रणमा सरकारले राम्रो कम गर्न सकेन

स्वास्थ्य सेवा विभागका महानिर्देशकले जबर्जस्ति करारमा पठाएका डाक्टरलाई कोरोना संक्रमण

विशेष