राष्ट्रियताको सवालमा सबै नेपाली एक छौं- देउवा
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर दउवाले राष्ट्रियहीतको सबालमा सबै नेपाली फेरि पनि एक भएको बताएका छन् । नेपालको संविधान संसोधन विधेयकको दफावार छलफलका क्रममा कांग्रेस सभापति समेत रहेका नेताच देउवाले गुमेको भूमि फिर्ता ल्याउन सरकारलाई सबै नेपाली नागरिकले साथ दिएको बताए ।
देउवाले नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलले समेत संविधानमा नक्सा संशोधनका लागि पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको भन्दै सबै पार्टीको समर्थन देखिएको र यसले राष्ट्रिय एकता, सार्वभौंमिकता र राष्ट्रिय अखण्डतामा सबै नेपाली एक छौं भन्ने स्पस्ट भएको बताए ।
उनले भने,‘ह्रामो पार्टीले केन्द्रीय समितिले पनि संशोधन प्रस्तावमा सपोर्ट गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले सम्पूर्ण सदस्यहरुले कुनैपनि किसिमको नेपालको आफ्नो भूमिकाका सम्बन्धमा सम्पूर्ण रुपमा सपोर्ट गरेको छ । र आजै भोट गर्नुभन्दा अगाडि संसदीय दलको मिटिङमा पनि हामीले समर्थन गर्ने निर्णय गरेका छौं । त्यसकारण यो संशोधन प्रस्तावलाई हाम्रो केन्द्रीय समितिले पूर्णरुपमा समर्थन गरेको छ भने संसदीय दलले पनि पूर्णरुपमा समर्थन गरेको छ ।’
‘सबै पार्टीहरुको यसमा समर्थन देखियो । यो हाम्रो नेपालीहरुको राष्ट्रिय एकता नेपालको हितमा देखिएको छ । अत्यन्तै महत्वपूर्ण कुरा छ । नेपालीहरु जुनसुकै ठाउँमा किन नहुन राष्ट्रिय हितका लागि राष्ट्रको सार्वभौंमताका लागि राट्रको अखण्डताका लागि सबै एक छौं भन्ने कुरा स्पस्ट भएको छ । त्यसैले म सबैदलका साथिहरुलाई धन्यवाद दिन चाहन्छु,’ देउवाले भने ।
नक्सा पारित गर्न एक भएजस्तै भूमि फिर्ता ल्याउन पनि सम्पूर्ण नेपालीहरु एक हुने नेता देउवाले बताए । उनले कुटनीतिक प्रयासबाट भूमि फिर्ता ल्याउन कांग्रेसले विपक्षी दलको हैसियतामा सहयोग गर्ने समेत बताए ।