राजनीति

बिखंडनवादीहरुलाई मलजल गरेकोले हिन्दुबादी नेता यादबद्वारा परराष्ट्रमंत्रीलाई बर्खास्त गर्न माग

बिखंडनवादीहरुलाई मलजल गरेकोले  हिन्दुबादी नेता यादबद्वारा परराष्ट्रमंत्रीलाई बर्खास्त गर्न माग

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको मन्तव्यप्रति राष्ट्रिय एकता अभियानको गम्भिर ध्यानाकर्षण भएको छ । हिजो (सोमबार) बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा नेपाल–चीन सिमाबारे ज्ञवालीले दिएको मन्तव्यप्रति राष्ट्रिय एकता अभियानको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो। 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको वकतव्य सम्बन्धमा राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवद्धारा जारी विज्ञप्तीमा ‘२०६१ सालमा नेपालको अधिनमा रहेको गोरखा जिल्लाको रुई गाँउलाई त्यहाँको जनताको स्वेच्छाले चीनतर्फ पारिएको उहाँको अभिव्यक्ति नेपाल राष्ट्रको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमसत्ताविरोधी मात्र नभई त्यसले नेपालको विखण्डनबादी शक्तिहरुलाई मलजल पुरयाउने हाम्रो ठहर छ ।’ उल्लेख छ । 

‘के रुई गाँउलाई आत्मनिर्णयको अधिकार थियो ? के कसैको स्वेच्छाको भरमा नेपालको भुभागलाई अन्य मुलुकमा गाभ्न नेपालको त्यसबखत या अहिले कुनै कानुनले दिन्छ ? त्यस गाँउको जनताको स्वेच्छा प्रकट गरेको प्रमाण के हो ? भोलीको दिनको अन्य भुभागको जनताले त्यसरी नै स्वेच्छा प्रकट गरी अन्य मुलुकमा गाभिन चाहेमा दिने कि नदिने ? जस्ता गम्भिर प्रश्नहरु उब्जिएका छन् ।’ विज्ञप्तीमा भनिएको छ । 

विज्ञप्तीमा ‘तसर्थ, राष्ट्रिय एकता अभियान नेपाल सरकारसँग रुई गाँउका जनताले आफ्नो भुभागसहित चीनमा गाभिन स्वेच्छा प्रकट गरेकोे प्रमाण सार्वजनीक गर्न जोडदार माँग गर्दछ । प्रमाण छैन् भने त्यहाँको जनताको राष्ट्रियता र राष्ट्रिय भावनामाथि कुठाराघात गर्ने अभिव्यक्ति दिएका परराष्ट्रमन्त्रीलाई यथाशीघ्र बर्खास्त गर्न माँग गर्दछ ।’ लेखिएको छ । 

No description available.

‘अन्त्यमा, रुई गाँउलाई चीनतर्फ नेपालको भुभागमा पार्न सहयोग पुरयाएका सबै सम्बिधत व्यक्तिहरुमाथि राष्ट्रद्रोहको कारवाही गरी अबिलम्ब रुई गाउँलाई नेपालको नक्सामा पारी यथाश्रीघ नक्सा प्रकाशित गर्दै एवम् मित्र राष्ट्र चीनसँग कुटनीतिक वार्ता गरी रुई गाउँ भुभाग फिर्ता ल्याउन जोडदार माँग गर्दै सम्पुर्ण राष्ट्रभक्त नेपालीहरुलाई आ–आफ्नो ठाँउ परराष्ट्रमन्त्रीको राष्ट्रियताविरोधी अभिव्यक्तिविरुद्ध उत्रिन हार्दिक अपिल गर्दछौं ।’ विज्ञप्तीमा उल्लेख छ । 

चीनले सगरमाथाको चुचुरो र भुमी अतिक्रमण गर्दा सरकार मौन

सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भनी विश्वले नै भन्ने गरेको छ । तर, चुचुरोलाई चीनले आफ्नो नक्शामा राखेको छ । गुगल नक्शामा हेर्यो भने चुचुरो चीनतर्फ देखाउँछ । चीनले चुचुरोसम्म प्रभाव राख्ने गरी फाइभ जी इन्टरनेट प्रविधि जडान गरिसकेको छ । उसले सगरमाथाको उचाई नापिरहेको छ । संयुक्त रुपमा उचाई सार्वजनिक गरेर चुचुरो आफ्नो पनि हो भनी विश्वलाई सुनाउन र देखाउन खोजिरहेको छ । तर, सरकार यसमा सहयोगी बनिरहेको छ ।

चीनले उत्तरतर्फ नेपाली भुभाग अतिक्रमण गरेको खबरहरु आइरहेको छ । हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरी ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा भएको छ । तैपनि, सरकार मौन छ । नेपालका निजी तथा सरकारी विद्यालयमा धमाधम चिनियाँ भाषा अध्ययन गराउनेहरु योजनावद्ध तरिकाले प्रवेश गरेका छन् । अध्यापन गराउनेहरु चिनियाँ सैनिक पनि भएको विषय बाहिर आउन थालेका छन् । पूर्व गृहमन्त्री समेत रहेका नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चिनियाँ भाषा पढाउने नाममा चिनियाँ सेना नेपाल पसेको भन्दै ट्वीटरमै लेखेका छन् । यसबारे पनि सरकार मौन छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेकोमा सबै दल बोले र नयाँ नक्शा पनि राष्ट्रिय सहमतिका साथ जारी गरे । तर, चीनले भुमि अतिक्रमण गरेको र चिनियाँको नेपालमा गम्भीर गतिविधिबारे खुलासा हुँदा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र सरकार मौन रहनुलाई गम्भीरताका साथ लिइएको छ । अहिले चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच नजिकको सम्बन्ध रहेको छ । नेकपामा चीनको प्रभावबारे विषय उठिरहेको छ । चीनले भुमि अतिक्रमण गर्दा सरकार र नेकपाको मौनताले उसमाथि लागेको चीनपरस्तको आरोप पुष्टि हुने बलियो आधार बन्दै गएको छ ।

विशेष