राजनीति

लकडाउन खुकुलो पार्ने विषयमा मन्त्रिपरिषदमा छलफल, उच्चस्तरीय समितिलाई दियो यस्तो जिम्मा

लकडाउन खुकुलो पार्ने विषयमा मन्त्रिपरिषदमा छलफल, उच्चस्तरीय समितिलाई दियो यस्तो जिम्मा

काठमाडौं । लकडाउनको मोडालिटीबारे छलफल गर्न बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना पेश गर्न उच्च स्तरीय समितिलँई जिम्मा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो । सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन थप गर्दै ७० दिन भन्दा बढी पुर्‍याइसकेको छ ।

विशेष