इटहरीमा राँके जुलुस, लाग्यो ‘राजसंस्था जिन्दावाद’को नारा
काठमाडौं- शिव सेना नेपालका कार्यकर्ताहरुले इटहरीमा शनिबार साँझ राँके जुलुस प्रदर्शन गरेका छन् । राजसंस्था पुनस्थापनाको माग सहित गणतन्त्र विरोधी नारालगाउँदै उनीहरुले राँके जुलुस प्रदर्शन गरेका हुन् ।
शिव सेनाका सुनसरी जिल्ला अध्यक्ष हिरा आचार्य र नेता सुरज कँडेलको नेतृत्वमा निकालिएको जुलुसमा स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।
जुलुसमा सहभागीहरुले राष्ट्रियताको नारा लगाउँदै देश बचाऔं, सीमाको रक्षा गरौं लगायतका नारा लगाएका थिए ।
शिव सेना नेपालका कार्यकर्तारुले नवलपरासी, रुपन्देही र पाल्पामा पनि केही दिन अघि मशाल जुलुस प्रदर्शन गरेका थिए ।
‘गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद’ भन्ने नारा लगाउँदै शिव सेना नेपालका कार्यकर्ताहरुले सुनसरीको इटहरीमा पनि शनिबार साँझ राँके जुलुस निकालेका छन् ।
शिव सेनाका सुनसरी जिल्ला अध्यक्ष हिरा आचार्य र नेता सुरज कँडेलको नेतृत्वमा जुलुस निस्केको हो । राँके जुलुसमा सहभागीहरुले ‘एमसीसी मुर्दावाद’,‘भारतीय सेना कालापानी छोड’,‘राजसंस्था ल्याऔं, देश बचाऔं’ जस्ता नारा लगाएका थिए ।
शिब सेना नेपालका कार्यकर्तारुले नवलपरासी, रुपन्देही र पाल्पामा पनि यस्तै खाले राँके जुलुस निकालिरहेका छन् । जेठ १५ को गणतन्त्र दिवसदेखि, जेठ १९ मा पनि यस्तै खाले कार्यक्रम सञ्चालन गरेका थिए ।