फेरिए स्वास्थ्य मन्त्रालयका प्रवक्ता, गौतमले पाए जिम्मेवारी
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखाका प्रमुख रघुराम विष्टका अनुसार स्वास्थ्य मन्त्रालयमा डाक्टर जागेश्वर गौतम प्रवक्तामा नियुक्त भएका हुन् ।्
थापाथलीको प्रसुती तथा स्त्री रोग अस्पतालको निर्देशक रहेका डा गौतमलाई केही दिन अघि स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको थियो । स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता डा विकास देवकोटाको ठाउँमा डा गौतमलाई नियुक्त गरिएको हो ।
समन्वय महाशाखाका प्रमुख एवं प्रवक्तामा डा गौतम नियुक्त भएसँगै यसअघि सो पदमा रहेका डा विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ ।