सरकार गिराउन लागिपरे यी ३ जना व्यवसायी
काठमाडाैं । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टीभित्रको आन्तरिक किचलो सरकार गिराउने खेलमा परिणत भएको छ । पूर्व माओवादी र पूर्व एमाले एकताको बेला केपी ओली र प्रचण्डले आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो । त्यसअनुसार नै ओली-प्रचण्ड दुवै पार्टी अध्यक्ष्य बने ।
अढाई बर्ष प्रधानमन्त्रीको कुर्सी सम्हाल्ने र त्यसपछि प्रचण्डलाई हस्तान्तरण गर्ने सहमति पछि ओली प्रधानमन्त्री पनि बने । तर एकताको केहि समयमै ओली सहमतिअनुसार नचलेको भन्दै प्रचण्डले सार्वजनिक रुपमै बोल्न थाले ।
यो बिचमा पार्टीभित्र एकले अर्कोलाई सिध्याउने मनसायले नेताहरुबीच बिभिन्न षड्यन्त्रजावी भएको नेकपाकै नेताहरु बताउछन । जसको सिकार प्रचण्डनिकट पूर्व माओवादी नेता कृष्णबहादुर महरादेखि ओलीनिकट गोकुल बास्कोटासम्म भएको तल्लो लेयरका नेताहरुको बुझाई छ ।
पछिल्लोसमय प्रधानमन्त्री ओलीले संवैधानिक परिषद र राजनीतिक दल बिभाजनसम्बन्धी २ विवादित अध्यादेश ल्याएपचि नेकपाभित्र २ गुट प्रष्ट देखियो । अध्य्देशको बिपक्षमा सचिवालयका बहुमत नेताहरु प्रचण्डतिर लागे । सोहि विवादित अध्यादेशको किचलोमा टेकेर ओलीलाई प्रधानमन्त्री र नेकपा अध्यक्षबाट हटाउने खेल पार्टीभित्र सुरु भयो ।
अर्थात् ओली सरकार ढाल्न प्रचण्ड र ब्यापारीहरु मिलेको रहस्य खुलेको छ । त्यसका लागि कालो धनलाई सेतो बनाएर अर्बपति बनेको आरोप लाग्दै आएका ठुलो घरानाका ब्यापारी बिनोद चौधरीको योजनामा सोहि आरोपमा पटक पटक बिबादमा तानिएका प्रचण्डनिकट ब्यापारी अजय सुमार्गी र उपेन्द्र महतोप्रचण्ड खेमामा पुगेका छन्।
यी तीन ब्यापारीमध्ये सुमार्गी र महतो प्रचण्डलाई आर्थीक सहयोग गर्दै आएको स्रोत बताउछ । महतोले आफ्ना भाई डाक्टर बिरेन्द्र महतोमार्फत प्रचण्डलाई बेला बेलामा ठुलो पैसा बुझाउदै आएका छन् । उनी आफै पनि प्रचण्डलाई पैसा बुझाउने गरेकाे बताउछन् ।
बिदेसमा अकुत सम्पति कमाएर अबैध तरिकाले विभिन्न बहानामा नेपाल भित्र्याउने र कर छली गर्ने गरेको भन्दै अहिले ओली सरकारले यी ब्यापारीहरुलाई कानुनी दायरामा ल्याउन खोजेपछि उनीहरु ओलीसंग रुष्ट बनेको र प्रचण्ड खेमामा पुगेको बताइन्छ ।
पछिल्लो समय सरकारले कालोबजारी गरेको आरोपमा शंकर समूहका मालिक सुलभ अग्रवाल पक्राउ गरेको थियो । जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालकसमेत रहेका अग्रवाल ६७ थान थर्मलगनसहित काठमाडाैंबाटै पक्राउ परेका थिए । उनीमाथि तीन हजार पर्नेे थर्मलगन १५ हजार रुपैयाँमा बेचेको आरोप छ।
अग्रवाल बिनोद चौधरीनिकट व्यापारी हुन । चौधरीले नै चार्टर गरेको प्लेनमा थर्मलगन ल्याएर अग्रवालले कालोबजारी गर्दै आएका थिए । त्यसकारण अग्रवाललाई पक्राउ गरेर सरकारले बिनोद चौधरीलाई धक्का दिएको कतिपयको बुझाई छ । बिनोध चौधरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट मानिन्छन । चौधरीले कतिपय अवस्थामा माेदीको अघोषित दुत बनेर ओलीसँग भेटघात गर्ने गर्छन तर यसपटक भने सिमा विवादका कारण ओली र मोदी सम्बन्ध सुमधुर नभएपछि उनी प्रचण्ड खेमामा पुगे ।
अग्रवाल पक्राउ परेसंगै आफूमाथि पनि आइलाग्ने संकटको पूर्वानुमान गरेर चौधरी ओली सरकार ढलाउन प्रचण्ड खेमामा पुगेको चर्चा सुरु भएको छ । चौधरी डलरका अरबपति हुन्। त्यसकारण पनि उनी करको दायरामा आउन आनाकानी गरिरहने भएकोले यसपटक सरकारले एक्शन लिन खोजेको स्रोत बताउछ ।
केहि समयअघि मात्रै चौधरीले साउदी अरबका राजकुमारको लक्जरी होटेल नेपाली व्यवसायी विनोद चौधरीले किनेका छन्। साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई झण्डै ३ अर्ब २० करोड रुपैयाँमा विक्री गरेका हुन्।
कोरोना महामारी शुरु हुनु अगाडि नै उक्त होटेल खरिद बिक्रीको डिल भएको थियो । केही महीनाअघि साउदीका यी राजकुमारलाई भ्रष्टाचार अभियोगमा पक्राउ गरिएको थियो। आर्थिक समस्या भएपछि उनले होटल बेचेका हुन् ।
यता नेकपा नेता निर्मल भट्टराईले कर छली गर्ने, कालोबजारी गर्ने र अबैध कालो धन भित्र्याउने जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी सरकारले गरेको बताउछन ।