राजनीति

राजसंस्था पुनर्स्थापनाको माग गर्दै तुलसीपुरमा राँके जुलुस

राजसंस्था पुनर्स्थापनाको माग गर्दै तुलसीपुरमा राँके जुलुस

काठमाडौं । दाङको तुलसीपुरमा शिव सेना नेपालका कार्यकर्ताहरुले आइतबार साँझ राँके जुलुस प्रदर्शन गरेका छन् । ‘राजसंस्था जिन्दावाद’‘राजसंस्था पुनस्र्थापना गरौं, देश जोगाऔं’‘गणतन्त्र मुर्दावाद’ जस्ता नारा लगाउँदै शिव सैनिकहरुको ठूलो समूहले राँके जुलुस प्रदर्शन गरेको थियो ।

लक डाउनको समयमा प्रहरीको हस्तक्षेप हुँदाहुँदै पनि शिव सेनाका कार्यकर्ताहरुले राँके जुलुस निकालेका थिए । शिव सेना नेपालका दाङका अध्यक्ष देवीराम भण्डारीको सहयोग, उपाध्यक्ष अशितव लामिछानेको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो । जुलुसका सहभागीहरुले हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, जय देश, जय नरेश जस्ता नारा पनि लगाएका थिए ।

शिव सेना नेपालका कार्यकर्ताहरुले देशभर शृंखलाबद्धरुपमा राँके जुलुस निकालिरहेका छन् । उनीहरुले केही दिन अघि नवलपरासी, पाल्पा, रुपन्देहीमा पनि राँके जुलुस निकालेका थिए । शनिबार साँझ पनि सुनसरीको इटहरीमा यस्तै प्रकारको जुलुस प्रदर्शन गरिएको थियो ।

विशेष