गणेशको जन्म कसरी भयो त ?
आज मङ्गलबार भगवान गणेशको पुजा गर्ने दिन ।
एक दिन देवी पार्वती कैलाशमा नुहाउनको लागि तयारी गर्दै थिइन् । उनी विचलित हून चाहन्न थिइन, उनले नन्दिलाई, उनका पति शिवको मुल, ढोकाको रक्षा गर्न र कसैलाई पनि आउन नदिन भनिन्। नन्दिले विश्वासपूर्वक उनको पद लिए, उनी पार्वतीको इच्छा पूरा गर्न चाहन्थे। तर जब शिव घर पूगे र स्वाभाविक रूपमा भित्र आउन चाहन्थे, नन्दिले उनलाई शिवको बफादारी भएकोले प्रवेश गर्न दिए । पार्वती यस विषयमा थोरै रिसाएकी थिइन्, तर त्योभन्दा पनि बढी, उनी आफ्नो लागि पनि नन्दि शिवको जत्तिकै कोही उनीप्रति वफादार भइदिएहून्थ्यो भन्ने चाहन्थिन्। त्यसपछि, उनको शरीरबाट हल्दीको पेस्ट लिएर नूहाउने क्रममा त्यसमा जीवन सास फेर्दै, उनले गणेशलाई सिर्जना गरीन्, उनको आफ्नै वफादार छोरा भनेर घोषणा गरिन्।
अर्को पटक पार्वतीले नुहाउने इच्छा गरेपछि उनले गणेशलाई ढोकामा गार्ड ड्युटीमा राखिन्। त्यसदिन पनि शिव घर आइपुगे, तर गणेशले उनलाई घरमा पस्न दिएनन्। क्रोधित, शिवले आफ्नो सेनालाई गणेशलाई मार्ने आदेश दिए तर ती सबै असफल भए। त्यस्तो शक्ति देव गणेशको थियो, देवीको आफ्नै छोरा।
यो देखेर शिव छक्क परे। यो कुनै साधारण कूरा थिएन त्यसैले शान्तिमय शिवले उनीसित लडाई गर्ने निर्णय गरे र ईश्वरीय क्रोधले गणेशको टाउको काटिदिए र उनलाई तत्कालै मार्न खोजे। जब पार्वतीलाई यो कुरा थाहा भयो, उनी रिसाएर सम्पूर्ण सृष्टिलाई नष्ट गर्ने निर्णय गरिन् । भगवान ब्रम्हा, सृष्टिकर्ता हुनुभएको कारणले आँनोे कठोर योजनामा पुनर्विचार गर्न भनी अनुरोध गरे । त्यसपछि उनको दुई शर्तहरू पूरा भएमा मात्र चूप लाग्छू भनिन्, एकः गणेशलाई फेरि जीवित पार्नु पर्छ, र दुईः उनको सधै अन्य देवीदेवताहरूको अघि पूजा हूनूपर्छ।
शिवले आफ्नो गल्ती महसुस गरे, पार्वतीको शर्तहरुमा सहमत भए। उनले ब्रम्हालाई बाहिर पठाएर कूनै प्राणीको टाउको उत्तरतिर फर्काएर ल्याउन भनी आदेश दिए । ब्रम्हा चाडै नै एक शक्तिशाली हात्तीको टाउको लिएर फर्के, जून शिवले गणेशको शरीरमा राखे। उनलाई नयाञ् जीवन दिंदै उनले गणेशलाई पनि आफ्नै छोरो भनेर घोषणा गरे र उनलाई देवताहरु मध्ये प्रमुख र सबै गणहरुका नेता, गणपतिको दर्जा दिए।