अन्तरवार्ता भिडियो

बाबुराम भट्टराई बिगार्ने चण्डाल महिलाको आरोप लाग्योः हिसिला यामी (भिडियोसहित)

बाबुराम भट्टराई बिगार्ने चण्डाल महिलाको आरोप लाग्योः हिसिला यामी (भिडियोसहित)

कार्यक्रम रेड चिल्ली शोको प्रथम श्रृङ्खलामा अतिथिका रुपमा उपस्थित हुनुभएकी हिसिला यामी र प्रस्तोता विजय ढुंगेलसँगको छोटो मिठो कुराकानीमा उनले आफ्नो जिवनमा आएका उतारचढावका बारेमा बताइन् । डा. बाबुराम भट्टराई बिगार्ने, चण्डाल महिलाको आरोप लागेको भन्दै उनले आफ्नो दुःख व्यक्त गरिन् । 

के भएको थियो उनको बाल्यकालमा जसले गर्दा उनी भावुक भइन्ः 

प्रस्तोताद्धारा सोधिएको बाल्यकाल कसरी बित्यो भन्ने प्रश्नमा यामीले उनको बुबाले छोराको लोभ गरिरहँदा छैठौँ सन्तानको रुपमा पनि छोरी (हिसिला यामी) नै जन्मिएपछि उनको बुबा निराश भएको यामीले बताइन् । आफ्नो दाई भने सेन्ट जेभिर्एसमा होस्टेलमा बसी पढेको र आफू भने नजिकैको सरकारी विद्यालयमा घरबाटै पढ्नुपरेको उनले बताईन् । 

किन बाबुराम र हिसिलाबीच आकाश पातालको फरक भयोः

स्कुल पढ्दा यामी सधैँ जुन कुरामा पनि अघि सरेर नेतृत्व गर्ने र बच्चै देखि सुखसयलमा हुर्किएको उनले बताईन् । बच्चैदेखि मोटर र बिजुली देखिरहेकी यामीले बाबुरामलाई तिम्रो घरमा मोटर छैन ? भन्ने प्रश्न सोध्दा यामीले उनको घरमै गएपछि बल्ल त्यहाँ के को मोटर र बिजुली हुनु भन्ने कुरा बुझेको बताइन् । बाबुरामले आफैँ बनाएको छार्पो र निकै कठिन गरि ३ घण्टा लगाई स्कुल पढ्न जानुपर्ने र आफू भने ५ मिनेट हिँड्दा स्कुल पुग्ने र निकै स्वतन्त्र वातावरणमा हुर्किन पाएकोले दुईबिचको बाल्यकालको जिवनशैलीमा आकाश पातालको फरक भएको कुरा प्रस्तोताको प्रश्न अनुसार उनले बताईन् । 

बाबुराम र हिसिला दुबैलाई पाँच पुस्तासम्म छोरी जन्माउने रहरः

पहिलो सन्तान छोरी हुँदाको अनुभूति कस्तो थियो भन्ने प्रश्नमा उनले आफूले पनि छोरी हुँदा बुबा निराश भएको भन्दा नराम्रो लागेको तर आफूले भने पहिले देखि नै छोरी कै इच्छा गरेको उनले बताईन् । थुप्रै नेताहरुले एउटा छोरा पाउनुपर्छ भनेर सल्लाह दिँदा दुबैले बरु पाँच पुस्तासम्म छोरी नै  जन्माउने भनेको उनले बताईन् ।

पुरै अन्तरर्वाता हेर्नको लागि तलको सामाग्री हेर्न नभुल्नुहोला ।

हिसिला यामी रेड चिल्ली

विशेष