राजनीति

जेसुकै गर्नुहोस् : ओली; पार्टी एकता जोगाउन मात्र चुप लागेर बसेको : प्रचण्ड

जेसुकै गर्नुहोस् : ओली; पार्टी एकता जोगाउन मात्र चुप लागेर बसेको : प्रचण्ड

फुटको संघारमा रहेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई अन्तिम मौका दिने मनस्थितिमा पुगेका छन्। 

प्रचण्डले उनीलाई ओलीलाई दुबै पदबाट राजीनामा गर्न र सम्मानजनक बहिर्गमनको निम्ति आव्हान गरेको नेकपा स्रोतले बतायो। 

यदि केपी शर्मा ओलीले राजिनामा  दिएनन् भने केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्ने चेतावनी अध्यक्ष प्रचण्डले दिएको बताइन्छ।  

जवाफमा प्रधानमन्त्री ओलीले जे गर्नसक्नुहुन्छ गर्नुस् भनेको बताइन्छ। 

जबाफमा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकता जोगाउन मात्र चुप लागेर बसेको बताए। 

स्रोतकाअनुसार ओलीले प्रचण्डलाई सँगै बस्ने रहर नभएको बताए।  

नेकपाले अंगालेको जनताको जनवादले माओवादी जनयुद्धलाई संस्थागत गरेको र सत्ता साझेदारी गर्न मात्र जनयुद्ध ठिक थियो भनेर संदेश ओलीले प्रचण्डलाई दिएको बताइन्छ।  

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबाद नै ठीक रहेको ओलीको बुझाई छ र  त्यसलाई  मूलमन्त्र बनाएर नयाँ पार्टी गठन गर्ने  ओलीको रणनीति रहेको बताईन्छ।

विशेष