प्रधानमन्त्री ओलीको नयाँ प्रस्ताव, उधारो सहमतिलाई मान्ने या नमान्ने भन्ने विषयमा प्रचण्ड दोधारमा
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रस्ताव सत्ता साझेदारी सम्बन्धी प्रचण्डसमक्ष नयाँ प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार ओली पक्षले दशैंपछि प्रधानमन्त्रीबाट राजीनामा दिने प्रस्ताव अघि सारेको हो।
अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको निक्कै बद्नाम भइसकेको, पार्टी भित्रै एकता नभएको कारणले गर्दा नेकपा प्रति नै जनताको अविश्वास बढेको र पार्टी नै बदनाम हुँदै गएको स्थितिको कारण अहिले राजीनामा दिए आफू अपमानित हुने प्रधानमन्त्रीको बुझाइ छ।
अर्कोतर्फ पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले प्रधानमन्त्रीले फेरि झुक्याउन खोजेको बुझेका छन्।
ओली पक्षले दसैंपछि मात्र राजिनामा दिने हुँदा नयाँ प्रस्ताव गरेको हुँदा उधारो सहमतिलाई मान्ने या नमान्ने भन्ने विषयमा प्रचण्ड दोधारमा रहेको बताइन्छ।
पक्षले आफ्नो समर्थनमा सडक प्रर्दशन गराइरहेका छन्। प्रधानमन्त्रीको राष्ट्रबादी अडानको कारण प्रधानमन्त्री ओली जनतासमक्ष निकै लोकप्रिय रहेको र नेकपाले पाएको मत ओलीकै कारण दुइ तिहाई नजिक रहेको ओली पक्षको बुझाइ छ।
प्रचण्ड-माधव समूहको भने प्रधानमन्त्री ओली नेतृत्वको सरकारले जनचाहना बमोजिम कार्यसम्पादन गर्न नसकेको, एकपक्षीय रुपमा स्वेच्छाचारी तरिकाले सरकार सञ्चालन गरेको र पार्टीभित्र अन्य गुटका नेता-कार्यकर्तालाई पेलेको तथा हेपेको बुझाइ छ।