अन्तरवार्ता भिडियो

९० प्रतिशत ट्युशनमा राखिएका विद्यार्थीले राम्रो गर्दैनन्ः कुमार थापा[भिडियो]

९० प्रतिशत ट्युशनमा राखिएका विद्यार्थीले राम्रो गर्दैनन्ः कुमार थापा[भिडियो]

नेपाल आजसँग कुरा गर्दै बृहस्पति विद्यासधनका प्रधानाध्यापक तथा शिक्षा व्यवस्थापक कुमार थापाले शिक्षा क्षेत्रका समसामयिक विषयमा कुराकानी गर्नुभयो । विद्यार्थीको आ आफ्नै क्षमता हुन्छ, कोही पढाइमा राम्रो हुन्छन् भने कोही अरु कुरामा राम्रो हुन्छन् र कुनै बच्चा ट्यालेन्ट हुनुमा अभिभावकको जिन पनि एउटा कारण हुनसक्छ भनेर उहाँले भन्नुभएको छ ।


उहाँलाई सोधिएको केही प्रश्नहरु तल दिइएको छः

एउटै विद्यालयमा पढ्ने, एउटै कक्षामा पढ्ने दुई विद्यार्थीमा एकजना जान्ने र अर्को नजान्ने किन हुन्छ ?
यो विषयमा निकै गहिराईमा जानुपर्ने म बुझ्छु । को बच्चा कस्तो हुने कत्तिको जान्ने भन्ने कुरामा अभिभावकको जिनले पनि ठूलो भूमिका निर्वाह गर्छ । सबै विद्यार्थी एक युनिक प्राणी हो । यदि भग्वान हुनुहुन्छ भन, यति धैरै श्रृजनशील हुनुहुन्छ की उहाँले हरेकलाई फरक बनाउनु भएको छ । हामी बाहीरी अंगमा त यति फरक देख्छौँ भने भित्री दिमाग, स्वास्थ्य हरुमा कत्ति फरक होला त । हामी बाहिर देखिने कुरामा मात्र बढी जोड दिन्छोँ तर जुन कुरा सिकाई सँग सम्बन्धित छ, जुन कुरा बच्चाको दिमागसँग सम्बन्धित छ, क्षमताको कुरामा चाहीँ हामीले आँखा बन्द गर्यौ भने त हामीले यो कुरा बुझ्दैनौँ ।

नजान्नेलाई त अलि बढी सिकाएर उत्ति जान्ने बनाउनुपन होइन र ?
यो सिक्ने भन्ने कुरामा सिकाउने मात्र कुरा चाहीँ आउदैन । यो दुईजनाले मिलेर गर्ने अनुभव हो । म शिक्षक भएर विद्यार्थीसँग वार्तालाप गरेर, अनुभव साटासाट गरेर नै त सिकिन्छ । त्यतिमा मैले मोटिभेट गर्न जान्नुपर्छ, मैले विद्यार्थीको मनोभावना बुझेर मैले सहयोग गर्नुपर्छ । तर कतिपय कुरामा विद्यार्थीले नचाहीकन शिक्षक र विदुयार्थीको कुरा नमिलिकिन सिकाई सम्भव हुँदैन ।

नजान्नेलाई जान्ने बनाउनुपर्छ भन्दा पनि पास गराउनुपर्छ भन्ने तर्फमात्र शिक्षकहरु लागेको देखिन्छ नि, यसमा तपाई के भन्न चाहानुहुन्छ ?
हो हाम्रो ट्रेडिस्नल टिचिङमा यो चै एउटा विद्यार्थीमाथि ठूलो अन्याय हो । त्यो ट्याग गर्ने, लेभल गर्ने, तिमी अल्छी छौ, तिम्रो ह्यान्डराईटिङ राम्रो छैन भन्दै चुनौतिको रुपमा लिनुपर्ने कुरालाई शिक्षकले ध्यान नदिएर लेभल लगाउने कुराले के गर्छ भने विद्यार्थीको दिमागमा म गर्न सक्दीन भन्ने भावना पैदा हुन्छ । शिक्षकले दिएको विश्वासको पनि ठूलो भूमिका हुन्छ ।

पुरै अन्र्तर्वाता हेर्नको लागि तलको सामाग्री हेर्न नभुल्नुहोला ।  

विशेष