केटा भन्दा मेरो केटी साथीहरु धेरै थिएः सुबोध गैतम (भिडियोसहित)
कार्यक्रम रेड चिल्ली शोको दोस्रो श्रृङ्खलामा अतिथिका रुपमा उपस्थित हुनुभएको ‘सक्कीगोनी ’ का हास्य कलाकार सुबोध गैतम र प्रस्तोता विजय ढुंगेलसँगको छोटो मिठो कुराकानीमा उनले आफ्नो जिवनमा सफलता हासिल गर्नको लागि आएका चुनौतीहरुको बारेमा बताए । निकै गरिब परिवारमा जन्मेको र बाल्यकाल निकै कठिन भएको कुरा पनि उनले यस अन्र्तर्वाता मार्फत खुलस्त पारे ।
प्रस्तोताले सोधेका केही प्रश्न र उत्तरहरु तल दिइएको छ ।
तपाईको लागि यो क्षेत्र कत्तिको चुनौतिपूर्ण थियो ?
प्रस्तोताले गरेको यस प्रश्नमा उनले आफू एक गरिब परिवारमा जन्मेको बताएका छन् । उनले निकै कष्ट गरेर निकै चुनौतीहरुको सामाना गरेर नै कलाकार बन्न सफल भएको बताएका छन् । सानै देखि शिक्षकहरुको नाटक गरिरहे पनि आफूले टेलिश्रृङ्खलाहरुमा खेल्ने सोच नबनाएको तर चिनजानको मान्छेले भनेपछि टेलिश्रृङ्खलाहरुमा खेल्न थालेको उनले बताएका छन् ।
विद्यालय पढ्दा कत्तिको लभ लेटरहरु लेख्नुभयो ?
मलाई स्कुल पढ्दा सबैले हेप्थे । म एकदमै सानो थिए र मेरा साथीहरु ठूलाठूला थिए जसको कारण नै मैले हेपाई सहनु पर्र्थो तर केटीहरुसँग हाइट मिल्ने भएर होला उनीहरु म सँग खुब मिल्थे । म पनि केटा भन्दा केटीहरुसँगै मिल्थेँ र मेरो थुप्रै केटी साथीहरु पनि थिए तर लभ लेटर न त मैले लेखेँ न त मैले कसैबाट प्राप्त गरेँ भन्दै प्रस्तोताको प्रश्नमा उनले जवाफ दिए ।
यो पाली गाई जात्रा कति दिनको लागि हुन्छ र कसरी हुन्छ ?
अहिलेको गाईजात्रा पहिलेको जस्तो बाहिर नभएपनि हामी यो पाली दिनदिनै छुट्टाछुटै कलाकारहरुको साथ एपी वान टिभिबाट ८ दिन सम्म कार्यक्रम गर्ने र गजुरियल युटुव च्यानलबाट प्रकाशित हुने उनले बताए ।
पुरै अन्तरर्वाता हेर्नको लागि तलको सामाग्री हेर्न नभुल्नुहोला ।