मान्छे
मान्छे सफल भएको उस्कै क्षमताले हो,
सूझ बूझ प्रयोग गरी लिएको पहलताले हो।
वगिरहेको खोलाको ढुंगा काटेको सबलाई थाहा छ,
खोलाको शक्ति भन्दा पनि यसको निरन्तरताले हो।
मान्छे त अहिले फोटो खिच्न मात्रै मुस्कुराउछन्,
विरासतमा मिलेको आँशु अनि नैरास्यताले हो।
मैले कहिल्यै हाँस्न जानिन तपाई भन्नुहुन्छ,
हसाउन सक्ने विशेष मान्छेको न्यूनताले हो।
स्वीकार गरेकै थियौ चाहीँ नचाही विपत र महामारी,
गुनासो निम्त्याएको त केबल अराजकताले हो।