अन्तरवार्ता भिडियो

नेपालका उद्योगी नै भन्छन्– अव मान्छे खान नपाएर मर्छन (भिडियोसहित)

नेपालका उद्योगी नै भन्छन्– अव मान्छे खान नपाएर मर्छन (भिडियोसहित)

शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदाले सरकारले समयमा विवेक नपुर्याउँदा नेपालमा कोरोना संक्रमणको असर वढि देखिएको वताएका छन् ।

कोरोना संक्रमणका कारण अर्थब्यवस्थामा परेको असर र वर्तमान अवस्थाका विषयमा नेपाल आजसँग कुरा गर्दै उनले यस्तो वताएका हुन् ।

सरकारले कोरोना संक्रमणको वर्तमान अवस्थालाई नियन्त्रण नगर्ने र अवस्थालाई यथास्थितीमा छोड्ने हो भने संक्रमण अझै भयावह हुन सक्ने उनको अनुमान छ । ‘नेपालीहरुका महत्वपुर्ण चाडवाड दशैं र तिहार नजिकिदै छन्’ उनले भने–‘त्यो वेला संक्रमण अझै वढ्न सक्छ।’

सरकारले समयमै आवश्यक तयारी नगर्दा अवस्था विग्रेको उनले वताए । ‘कोरोनाका संक्रमित नै नभएको वेलामा सरकारले तीन महिना लकडाउन गरेर समय खेर फाल्यो’ उनले भने–‘त्यो वेला आवश्यक तयारी गरेको भए अहिलेको अवस्था आउने थिएन, तर, सरकारले टायम पास गर्यो केहि गरेन ।’

संक्रमणको अवस्था हेर्दा लकडाउन गर्नु पर्ने समयमा भने वाध्यता पुर्वक खोल्नु परेको उनको भनाई थियो । कोरोनाले नेपालको अर्थतन्त्रमा ठुलो असर गरेको वताएका उनले सुस्त अवस्थामा रहेको अर्थब्यवस्थालाई सरकारले चलायमान वनाउन सकेन भने कोरोनाले भन्दा वढि मान्छे खान नपाएर मर्ने उनले चेतावनी दिए ।

‘सेयर मार्केट वाहेक अन्य क्षेत्रको अवस्था राम्रो छैन’ उनले भने–‘लकडाउन खुले पनि निर्माण ब्यवसाय, पर्यटनलगायतका क्षेत्र सुस्त छ। लकडाउनका कारण रोकिएका अधुरा काम सम्पन्न गर्न १०/१५ दिन काम चल्यो त्यसपछि नयाँ प्रोजेक्ट छैन । पर्यटन सेक्टरका एयरलाईन्स, होटल, ट्रकिङ्ग सवै वन्द छन्। नेपालको सन्दर्भमा यि  मेजर सेक्टर हुन्, सरकारले यसलाई विचार गर्नुपर्छ ।’

अर्थतन्त्र चलायमान वनाउन सरकारले रोड, रेललगायतका पुर्वाधारका प्रोजेक्ट ल्याउनु पर्ने उनको सुझाव छ। 

लकडाउन खेलेपछि वजार नचल्दा अर्थतन्त्रमा ठुलो असर परेको शारदाले वताए । ‘च्यालेन्ज छन, समाधान छैन । पसल खेलेका छन, ग्राहक छैन । वस छ, प्यासेन्जर छैन’ उनले भने–‘तर, अत्यावस्यक सामान विना मान्छे कति दिन घर वस्न सक्छ ? जुन दिन निस्किन्छ, त्यो दिन पसल त चल्छ । अरु क्षेत्रको अवस्था के हुन्छ ?’

कोरोनाका कारण दैनिक ज्यालादारी र परिश्रम गरेर खाने वर्ग समस्यामा परेको वताएका उनले त्यस्तो वर्गलाई सरकारले राहत दिनुपर्ने सुझाव दिए । ‘सरकारले सवैलाई वसाएर खान दिओस भन्न सक्दिन। सरकारसँग त्यो सामथ्र्य पनि छैन । तर कमजोर वर्गका नागरिकलाई यस्तो वेलामा राहत दिनुपर्छ ।’–उनले भने।

कोरोना संक्रमण र यदाकदा सरकारकै गलत नीतिका कारण तत्कालै विदेशी लगानी नेपालमा असम्भव रहेको शारदाले वताए । सरकारले नेपाली उद्योगी ब्यवसायीलाई नै प्रोत्साहन गरेर नयाँ उद्योग, कलकारखाना संचालन गर्नु पर्ने उनको भनाई छ ।

नेपालमा अहिले पनि फलाम र रासायनिक मलको उद्योग संचालन गर्न सक्ने सम्भावना रहेकाले कामदार, विजुली, लगायतका क्षेत्रमा सरकारीले निजी क्षेत्रलाई सहयोग गरेर त्यस्ता उद्योग संचालन गर्नु पर्ने उनको तर्क छ । 

शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदासँग नेपाल आजले गरेको विस्तृत कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला।

विशेष