अदालतले संसद विघटनलाई सदर गरे कांग्रेस चुनावमा जान्छः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले संसद विघटनलाई सदर गरे आफनो पार्टी चुनावमा जाने वताएका छन् ।
प्रतिनिधि सभा विघटनको विरोधमा शनिबार काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले अदालतले चुनाव गराउने निर्णय गरेको खण्डमा सबैले भाग लिने भन्दै कांग्रेसले पनि लिने वताए । ‘अदालतले निर्णय सदर गर्यो भने सवैले चुनवामा भाग लिन्छन। प्रचण्डजीहरुले पनि भाग लिन्छन्।’
अदालतले प्रतिनिधि सभा विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका लागिरहेका वेला देउवाको यस्तो धारणा आएको हो । अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने जानकारी दिए । उनले भने–‘हामी अदालतको निर्णयलाई मान्छौ। सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ?’
संसद विघटन अदालतमा विचाराधीन मुद्दा भएकाले जुलुस निकालेर यो गर, वा त्यो गर भन्न नहुने धाराणा राखे ।