देश राजनीति प्रदेश २

बाराको बेलहियामा उर्लियो जनसागर भयो प्रभु साहको जय जयकार

बाराको बेलहियामा उर्लियो जनसागर भयो प्रभु साहको जय जयकार

बारा । नेकपाको विभाजनपछी स्वतन्त्र रहेका नेता प्रभु साहको पक्षमा बारामा समेत व्यापक जनसमर्थन देखिएको छ। बारा जिल्लाको सिम्रौंनगढ़ र बेलहियामा शनिबार आयोजित साह प्रमुख अतिथि रहेको शुभकामना आदानप्रदान कार्यक्रममा हजारौंको सहभागीता देखिएको हो। हिन्दूहरुको महान पर्व दशै, दीपावली तथा छठ पर्वको अवसरमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिकास्थित नारिवास र प्रसौनी नगरपालिका बेलहयामा भएको अन्तरक्रिया कार्यक्रममा नगरवासीको भिड लागेको थियो।

कार्यक्रममा सिम्रौनगढ नगरपालिकावासीले पुर्वमन्त्री साहलाई बाराको क्षेत्र नं १ बाट चुनाव लडन समेत आग्रह गरेका छन्। बाराका क्षेत्र १ को जनता बिकासबाट बन्चित रहेको भन्दै नगरको समाजसेवी तथा युवावर्गले त्यहाँको बिकासको लागि त्यहाँको जनप्रतिनिधि नेता साहलाई बनाउनुपर्ने बताए। 

प्रत्येक वर्ष प्रदेश दुईमा ४० अर्ब बजेट आईरहेको बताउदै नेता साहले प्रदेश २ सरकारले विकास निर्माणमा अक्षसम रहेको र बजेटमा चरम भ्रष्टचारमा लित्प रहेको आरोप लगाउनु भयो। हाल प्रहरीले तस्करीको मालसामान पक्राउ गर्दा पुरस्कार स्वरुप ३० देखि ४५ प्रतिशतसम्म कमिसन पाइरहेको जानकारी गराउदै नेता साहले प्रहरीले पाउने यस्तो किसिमको कमिसनको व्यवस्था नै हटाउनुपर्ने माग समेत बताए । कमिसनको लोभमा प्रहरीले जबरजस्ती तस्करीको सामान भनी गरिव नागरिकलाई दुःख दिने गरेको नेता साहले बताए । आफनो दैनिकी चलाउन भारतीय बजारबाट किराना, कपडा, मलखाद्यलगायतका सामान खरिद गरी ल्याएको सामानलाई बोर्डरमा नेपाली सुरक्षाकर्मीले अवैध भनी पक्राउ गरी अनावश्यक दु:ख दिने कार्य स्वीकार्य नभएको उनले बताए । 


सो कार्यक्रममा उपस्थित नि. वर्तमान प्रदेश सान्सद कुन्दन कुशवाहा, कटहरिया नगरपालिकाको नगर प्रमुख सियाराम कुशवाहा, यूवा नेता राजन यादव,त्रिभुवन साह, आई.टी. आर्मीका राष्ट्रिय संयोजक चन्द्रभुषण साह र प्रवक्ता विजय यादव निर्विज लगायतका वक्ताहरुले आई.टी.आर्मीलाई सशक्त बनाउन एकता सहकार्य, समन्वय, आपसी सदभाव कायम गर्नुपर्नेमा जोड़ दिए ।

विशेष