राजनीति

काग्रेस पदाधिकारीको बैठक २ बजे बस्दै

काग्रेस पदाधिकारीको बैठक २ बजे बस्दै


काठमाडौ
नेपाली कांग्रेसले आफनो नेतृत्वमा सरकार बनाउने प्रक्रियाको थाल्नी गरेपछि सत्ता समिकरण र कन्द्रिय समितिको एजेण्डा तय गर्न पदाकिारी बैठक बस्दै छ । दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ  काग्रेसले जनाएको छ । 
काग्रेसले सरकार बनाउनको लागि पहल सुरु गरेपछि बैठक बस्न लागेको हो । सरकार र पार्टीको महाधिवेसन लगायतको विषयमा केन्द्रित बैठक रहने छ । पार्टीको महाधिवेशन र आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रस्ताव गरेकाले कांग्रेसले आन्तरिक छलफल तीव्र पारेको छ । सोही अनुसार आइतबार पदाधिकारी र सोमबार केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । पार्टीको आगामी महाधिवेशनसँगै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा छलफल सुरु भएकाले यसबारेमा थप छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।  भदौ ७ देखि कांग्रेसको १४ औँ महाधिवेशन गर्ने मिति तोकिएको छ । 
नयाँ सरकार बनाउन कांग्रेसले नेतृत्व लिनुपर्ने विषयमा शुक्रबार देउवा निवास बुढानिलकण्ठमा कांग्रेस, माओवादी र जसपाका शीर्ष नेताबीच छलफल भएको थियो ।
 

काँग्रेस पदाधिकारी

विशेष