राजनीति

जनमत पार्टीका अध्यक्षमा पुन : डा.सिके राउत

जनमत पार्टीका अध्यक्षमा पुन : डा.सिके राउत


जनकपुरधाम
जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत निर्विरोध चयन भएका छन् । शनिबार जनकपुरधाममा भएको पार्टीको पहिलो महाधिवेशनले डा राउतलाई निर्विरोध चयन गरेको हो ।

डा. राउत निर्विरोध अध्यक्षमा चयन भएपनि उनले कुल प्रतिनिधिको २३सय२ मत प्राप्त गरेको थिए । त्यसैगरि उपाध्यक्ष पदमा मोहम्द अब्दुल खानले १८ सय ६७मत, बसन्त कुशवाहा ११सय ५०मत, दीपककुमार साहले ७ सय ७१ मत, र नरेन्द्रप्रसाद चौधरी ५ सय  ८२मत प्राप्त गरि निर्वाचित भएका छन् । महासचिव पदमा चन्दनकुमार सिंह चुनिएका छन् ।उनले १५सय ७३ मत प्राप्त गरेका छन । 
सोमबार सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार पार्टीको कार्यसमितिमा ८ जना महिलाले प्रतिनिधित्व गरेका छन्। निर्वाचनमा ४५ सय जनाले मतदान गरेका थिए।

सदस्यहरुमा रौतहटका डा. सुवन्त कुमार कुशवाहा र ललिचतचन्द्र मल्लिक, सिरहाका संजय कुमार यादव र रामकुमार यादव, रुपन्देहीका भोगेन्द्र प्रसाद यादव, सुनसरीका भवानी महतो र सिताराम पण्डित, सप्तरीका सुरेन्द्र शर्मा र मदनेश कुमार चौधरी, सर्लाहीका नरेश प्रसाद कुशवाहा र राजेन्द्र राय, महोत्तरीका बिरेन्द्र महतो र संजय कुमार यादव निर्वाचित भएका छन् ।
यस्तै, नवलपरासीका बालगोबिन्द चौधरी, धनुषाका इन्द्रजीत यादव र डा. विनय कुमार पंजियार, बाराका ओमप्रकाश साह र सुनिल कुमार यादव, बाँकेका विष्णु प्रसाद यादव र इरफान अहमद शेख, रुपन्देहीका रामकेश गुप्ता, मोरङका परमेश्वर मुर्गु, कपिलवस्तुका योगेन्द्र चौधरी सदस्य पदमा निर्वाचित भएका छन् ।
महिला सदस्यमा सिरहाकी अनिता कुमारी मण्डल, धनुषाकी अनितादेवी साह, महोत्तरीकी अन्जनीदेवी मण्डल, सप्तरीकी बविता कुमारी राउत र जुलेखा विवी, सुनसरीकी आशा कुमारी मेहता, दाङकी राधा कुमारी यादव र झापाकी कौशिला देवी महतो निर्वाचित भएका   छन् ।
निर्वाचनमा ४५ सय जनाले मतदान गरेका थिए । बाँकी पदाधिकारी निर्वाचितमध्येबाटै चयन गरिने निर्वाचन प्रमुख संजय कुमार सिंहले जानकारी दिए ।
 

जनमत पार्टी डा. सीके राउत

विशेष