Breaking News मुख्य समाचार देश राजनीति प्रदेश ७

अस्तित्व पहिचानका लागि थारुवान मोर्चाको बृहत् राष्ट्रिय सम्मेलन तयारी पूरा

अस्तित्व पहिचानका लागि थारुवान मोर्चाको बृहत् राष्ट्रिय सम्मेलन तयारी पूरा

सरिता सिंह ( जुनि ) । कसैलको अस्तित्व मेटाउनु छ भने उसको भासा , सस्कृती माथी पहिले प्रहार गर्नु पर्छ त्यो समुदायको अस्तित्व स्वतह समाप्त हुन्छ । नेपालमा यहि कुरा प्रमाण पेश भैइ रहेको छ । नेपालमा राणाकाल देखी राजतन्त्र , प्रजातन्त्र र सङ्हिय लोकतान्त्रिक गणतन्त्र आउँदा सम्म यहि भएको छ । नेपालका भुमी पुत्र रहेका थारुहरु दोहोरो दर्जाको नागरिक हुने भनि प्रमाण सत्तामा रहेको खस मानिसिकता बोकेकाहरुले भन्दै आएको छ । जबकि थारुहरु नेपालका असली भुमीपुत्र हुन थारु अगुवाहरुले बताउदै आएका छ्न । वर्तमान अवस्थामा पनि देशमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी एकीकरण गरे देखि अहिले प्रधानमन्त्री रहेका केपि ओलिले समेत विभेद नै गर्दै आएको गुनासो रहेको छ । अब सत्ता जाने त्रासका केही सम्झौता हुँदै छ भने अहिले थारु जातीहरु पहिचानलाई समाप्त पार्न तिनका नेता कार्यकर्तालाई हत्यारा भन्दै जेलमा कोचिने काम गरि रहेको छ । विभिन्न अगुवा थारु नेताहरु माथी हत्या , आन्दोलन , बिद्रोह का मुद्दा लगाई कति जेलमा त कतिको नाममा फर्जी मुद्दा  लगाईएको छ । अब थारुहरुको लागि लडाइँ गर्ने अवस्था आएको भन्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले देश भर बिरोध सभा , आमसभा गर्ने तयारी गरि रहेको छ । बिरोधसभाका साथै आफ्नो जातीय पहिचानका निमित्त राना समुदायको होरि , झिझी नाच , डगौरा थारुहरुको दशैया पैया , छोकरा , मघौटा , लट्टाउहाँ , मुङ्रा , लाखे नाच , सहितको नृत्य प्रदर्सन आमसभाको तयारी पूरा गरेको छ । आउँदो बैशाख २० गते कंचनपुर जिल्लाको बेलौरी नगरपालिका -२ गोकुलपुर बजारको खुल्ला मन्चमा मोर्चाले बृहत राष्ट्रिय सम्मेलनको तयारी गरेको छ । राष्ट्रिय सम्मेलनमा अनु चौधरी , सोमती थारु , समिक्षा दहित , मनिराम चौधरी लगाएतको स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुने आयोजकले जनाएको छ । उक्त सम्मेलनबाट २१;गते बन्द शत्र र घोषणा सभाको समेत हुने छ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय सदस्य तथा कार्यक्रमको आयोजकका तर्फ प्रेमवति रानाले बताउनु भयो ।

विशेष