राजनीति

सत्तासमीकरणका लागि तिनदल संयुक्त छलफल गर्दै


काठमाडौं
नयां सत्ता समिकरण र मुलुककमा उत्पन्न नयां परिस्थितिलाई लिएर नेपाली काग्रेसले तिन दलको बैठक बस्दै छ । जसपा नेपालका केही पक्ष प्र्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने तयारीमा रहेको अवस्थामा सो बैठक हुन लागेको छ । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् । यसअघि कांग्रेसका केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहलकदमी लिने निर्णय गरेको थियो ।त्यसपछि सरकार गठनको लागि नेपाली काग्रसले अग्रसरता देखाएको छ ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न गाम्भीर नभएको र राजनीतिक अवस्थालाई बन्दी बनाएको भनेर देउवाको आलोचना हुँदै आएको छ ।
 

काठमाडौं नेपाली काँग्रेस

विशेष