Breaking News मुख्य समाचार देश राजनीति

उपेन्द्र समूहले गैरकानुनी रुपमा कारबाही गरेपछि जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्कियो

उपेन्द्र समूहले गैरकानुनी रुपमा कारबाही गरेपछि जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्कियो

राजविराज । लुम्बिनी प्रदेश सभाका चार जना सांसद्लाई उपेन्द्र समूहले गैरकानुनी रुपमा कारबाही गरेपछि जनता समाजवादी पार्टी  (जसपा) मा विवाद चर्केको छ ।
पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरको आँखा छलेर उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहले चार सांसद्लाई कारबाहीका लागि सिफारिस गरेपछि जसपामा विवाद चर्केको हो । पुष्कमल दाहाल प्रचण्ड र बाबुरामको निर्देशनमा उपेन्द्रले लुम्बिनीमा चलखेल गर्नुभएको आरोप जसपा नेताहरुको छ ।
केन्द्रको निर्णय विपरित जसपाका चार सांसद् सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलेलाई उपेन्द्र समूहले पदमुक्तका लागि प्रदेश सभा सचिवालयलाई सिफारिस गरेको थियो ।
सोही कीर्ते सिफारिसका आधारमा लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीले चार सांसद् पदमुक्त भएको सूचना वैशाख १६ गते सार्वजनिक गरेका थिए । सो सिफारिस गैरकानुनी भएको भन्दै सोही दिन नै जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनीका सभामुखलाई पत्र पठाएको थियो । ठाकुरले निर्णय कार्यान्वयन नगर्न भन्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन समेत दिईसकेको छ ।
लुम्बिनी सरकारमा सहभागी भएका चार सांसद्ले अदालत जाने निर्णय गरिसकोका छन । तर कोभिड–१९ संक्रमणको जोखिममा कारण बन्दी प्रत्यक्षीकरणका रिटबाहेक अन्य मुद्दा बैशाखभर दर्ता नगर्ने सर्वोच्चको निर्णयका कारण उहाँहरुको रिट दर्ता हुन सकेको छैन ।
देशको वैकल्पिक शक्तिको रुपमा स्थापित भएको पार्टीमा उपेन्द्र यादवहरुले गरेको काम निन्दनीय भएको जनतासमाजवादी पार्टीका नेता उमाशंकर अरगरिया बताउछन । उपेन्द्रले आफू बलियो हुन पार्टीलाई कमजोर बनाउने खेल खेल्न लगाको उमाशंकरको भनाइ छ ।प्रतिनिधि सभा सदस्य समेत रहेका अरगरियाले लुम्बिनी सरकारमा सहभागी चार सांसद्लाई कारबाही गर्ने विषयमा पार्टीमा कुनै छलफल नै नभएको बताए । ‘न कसैले सम्पर्क नै गरेको छ, न बैठक बसेको छ, यसरी आँखा छलेर गैरकानुनी रुपमा कारबाही गर्नु गलत हो’ – उनले भने ।
पार्टीमा कसैलाई कारबाही गर्नुछ भने बैठक बसेर छलफल गर्ने परम्परा रहेको बताउँदै उमाशंकरले भने –‘यस्तो विषयमा छलफल गरेर वैधानिक रुपमा सर्वसम्मतीले निर्णय गर्नुपर्छ, बैठक नै नबसी एउटा समूहले कारबाही गर्नु गलत हो ।’ उपेन्द्र समूहले लुम्बिनीमा खेलेको खेल निक्कै गलत भएको उनको भनाइ छ ।पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने बेला विभाजनको खेल भएको भन्दै उनले दुःख व्यक्त गरे । ‘हाम्रो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा बुझिन्छ, यस्तो तरिका र प्रवृत्तिले वैकल्पिक शक्ति हुनै सक्दैन’ – उनले भने ।लुम्बिनीका सांसद्लाई कारबाही गर्ने निर्णय पार्टीको नभई एउटा गुटको निर्णय भएको बताए । अरगरियाले भने – ‘यो पार्टीको निर्णय होइन, गुटको हो, बैठकमा अल्पमत बहुमत हुनु स्वभाविक हो, तर निर्णय बैठकबाटै हुनुपर्छ ।’पार्टीमा व्यक्ति हाबी हुनु नराम्रो पक्ष भएको बताउँदैे अरगरियाल भने –‘व्यक्ति बलियो हुँदा पार्टी कमजोर हुन्छ, त्यसैले शीर्ष नेता बसेर गहन छलफल गरेर मात्र कुनै प्रक्रिया अगाडि बढाउनुपर्छ, व्यक्तिगत हिसाबले अघि बढ्दा पार्टीलाई र देशलाई नै राम्रो हुँदैन ।’प्रदेश सभा सचिवालयले पदमुक्त गरेको अवस्थामा कानुनी उपचार नै उत्तम विकल्प भएको पनि उनले बताए । तर सहमतिबाट सम्भव हुने भए नेताहरुले त्यसमा ध्यान दिनुपर्ने उमाशंकरको सुझाव छ ।

विशेष