यी हुन २५ वर्षीय युवा अधिवक्ता जसको पहिलो 'रिट'ले सात जना मन्त्रीले पद गुमाए (अन्तर्वाता)

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३१ गते ७ गैर सांसदलाई मन्त्री बनाउनु गैरसंवैधानिक कार्य रहेको भन्दै त्यसलाई बदर गर्न माग गर्दै अधिवक्ता कपिलदेव विराज थापाले जेठ ५ गते सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । विहिबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले प्रधानमन्त्रीको सो कदम असंवैधानिक ठहर गर्दै सात मन्त्रीको नियुक्ति बदर गर्ने अन्तरिम आदेश दिएको थियो ।
थापाको रिटले असंवैधानिक नियुक्त गरिएका सात जना बहालवाला मन्त्रीहरुले पद गुमाएसँगै उनि देश विदेशमा चर्चित बनेकाछन् । धेरैले थापालाई सामाजिक सञ्जालमै बधाई समेत दिएकाछन् ।
सिन्धुपाल्चोककमा जन्मीएर हाल भक्तपुरमा बसोबास गर्दै आउनु भएका अधिवक्ता थापासँग नेपाल आजका संवाददाता सुनिल धामीसँगको संवादः