अन्तरवार्ता

विद्रोह सत्ताको एउटा नियम जस्तै होः रूपा सुनार (भिडियो ब्लग)

विद्रोह सत्ताको एउटा नियम जस्तै होः रूपा सुनार (भिडियो ब्लग)

आफुमाथि भएको जातीय विभेदको मुद्धामा सरकारले न्याय दिन्छ भन्नेमा रुपा सुनार विस्वस्त नभएको नेपाल आजसँगको गत सोमबारको अन्तर्वार्तामा बताएकी थिइन । उनले भनेकि थिईन, ‘अहिलेको राज्य संयन्त्र नै यस्तै छ । हाम्रो यो लडाई भनेको समग्र राज्यसत्तासँग हो । समाजमा एकभन्दा एक ठुलो, एक सानो हुनै पर्ने ब्रामणबादी चिन्तनले सबैलाई समान देख्दैन । सरस्वती प्रधान आन्टी त एउटा पात्र मात्रै हुन् । यस्तो खालको पात्र त यो समाजले लाखौ जन्माएको छ । त्यसैले हामीले यसको विरुद्धमा लड्नु पर्छ ।’

रुपाले छुवाछुत र विभेदको विरुद्ध आफु पहिलेदखि नै लड्दै आएको कुरा पनि बताएकी छन् । उनि भन्छिन्, ‘विभेदको विरुद्धमा त हामी पहिले देखि नै बोल्दै आएका छौ । यसको विरुद्धमा त हामी बोल्ने नै हो । लड्ने नै हो । समानताको हामी लड्नै पर्छ भनेर हिडि राखे कै छौ । यो घटनाबीचमा आएको मात्रै हो ।’

रुपाले आवश्यक परे विद्रोहमा जान आफु तयार रहेको बताएकी छन् । उनि भन्छन्, ‘विद्रोहमा जानु परे म त तयार छु । विद्रोह सत्ताको एउटा नियम जस्तै पनि हुन्छ । मान्छेले आफ्नो अस्तित्वको लागि लड्ने लडाईमा ज्यान पनि दिन तयार हुनुपर्छ । अबको पुस्ताको लागि हामीले केहि गर्नु पर्छ ।’

रुपाले बन्दुक बोकेर गर्ने विद्रोह मात्रै समस्याको समाधान नहुने बताउछिन् । उनि भन्छिन्, ‘बन्दुक उठाएर र विद्रोह गरेर मात्रै नहुँदो रहेछ । जुनकुरा विगतको जनयुद्धले पनि देखायो । हामीसँग ठिक खालको विचारबाट हामीले अगाडि बढ्नु पर्ने रहेछ ।’

जनयुद्धको कारणले गाउँ छोडेर जानुपर्दा पनि विभेदबाट मुक्त भैइयो भन्ने खुशी रुपा भन्छिन्, ‘म नौ वर्षको हुँदा जनयुद्धको कारणले हाम्रो जन्मगाउँ लमजुङ बाट उठिबास भयो । मलाई गाउँ छोड्नुमा कुनै पश्चाताप थिएन । म जनयुद्धको त्रासले गाउँ छोड्न परेता पनि एक मनले हर्षित भएकी थिएँ । सानो जात भनेर गरिएको विभेदबाट अब त मुक्त भईन्छ होला ठानेकी थिएँ । गाउँछोडरे तनहु झर्नेबेला होटेलमा खाना खायौँ । होटेलमा सबै जनासँग बसेर खाना खान पाउँदा दंग परेकी थिएँ । खाना खाएको भाँडा पहिलो पटक आफै माझ्न परेन । त्यो बेला पहिलो पटक समानताको खुशी महसुस गरेकी थिएँ । म जातको कारणले सानो नहुने ठाउँ पनि रहेछ ठानेर दगं परेकी थिएँ । मनमा खुशीको आधि नै आएको थियो । सायद स्वर्ग भनेको यहि होला भन्ने ठानेकी थिएँ ।’

रुपा सुनार

विशेष