Breaking News मुख्य समाचार समाज देश प्रदेश ७

एसएसबीले नै तुइन काटेको भन्ने पुष्टि गर्न सकेन, जयसिंह तुइन चुडिएर महाकालीमा खस्दा बेपत्ता भएको पुष्टि भयो

एसएसबीले नै तुइन काटेको भन्ने पुष्टि गर्न सकेन, जयसिंह तुइन चुडिएर महाकालीमा खस्दा बेपत्ता भएको पुष्टि भयो

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–२, मालका, ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको अनुसन्धान गर्न बनेको छानविन समितिले प्रतिवेदन बुझाएको छ । 

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वको समितिको प्रतिवेदनमा एसएसबीले तुइन काटेको पुष्टि हुन सकेन । एसएसबीका जबानले तुइन खुस्काएको दाबी गरिए पनि स्थलगत अध्ययनमा गएको टोलीले भने एसएसबीले नै तुइन काटेको भन्ने पुष्टि गर्न सकेन । समितिले जयसिंह तुइन चुडिएर महाकालीमा खस्दा एसएसबीको घटनास्थलमा उपस्थिति भएको तर तुइन नै काटेको भन्ने पुष्टि हुन नसकेको उल्लेख गरेको छ । यसमा थप छानविन गर्न सुझाएको छ । 

‘भारतीय सुरक्षाकर्मीको उपस्थितिमा घटना भएको देखिएकाले अनुसन्धान गर्नुपर्ने’, प्रतिवेदनमा उल्लेख छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उक्त घटनाबारे भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख छ ।

‘उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न, जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न तथा आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्था गर्नुपर्ने,’ विज्ञप्तिमा लेखिएको छ ।

विशेष