मुख्य समाचार राजनीति

ओलीका उम्मेदवारविरुद्ध उठेका यी हुन् शक्तिशाली नेताहरु 

ओलीका उम्मेदवारविरुद्ध उठेका यी हुन् शक्तिशाली नेताहरु 

 

काठमाडौं-  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा ठूलो अन्याय गरेका छन्। ओलीले आफ्नो विरोध गर्ने र आफूविरुद्ध लागेको भन्‍ने आशंकाका आधारमा शक्तिशाली एमाले नेताहरुलाई उम्मेदवार बनाएनन्। 

एमालेका ती शक्तिशाली उम्मेदवार भएकाहरुको क्षेत्रमा कुनै जनाधार नभएका र पार्टीमा खासै योगदान नगरेका व्यक्तिहरुलाई उम्मेदवार बनाइएको छ। जसका कारण नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार बनाएका क्षेत्रमा एमालेकै नेताहरु बागी उम्मेदवार बनेका छन्। 

एमाले अध्यक्ष ओलीले काठमाडौं-७ मा उम्मेदवार बनाएका श्यामकुमार घिमिरेको क्षेत्रमा रामवीर मानन्धरले बागी उम्मेदवारी दिएका छन्। त्यसैगरी रुपन्देही-१ मा छविलाल विश्‍वकर्माविरुद्ध घनश्याम भूसाल, दाङ-१ मा शान्ता चौधरीविरुद्ध गंगा चौधरी, रौतहट-४ मा उद्ववप्रसाद रेग्मीविरुद्ध प्रदीप शाह, धनुषा-४ मा रघुविर महासेठविरुद्ध कृष्णकुमार महतो, बारा-३ मा ज्वालाकुमारी साहविरुद्ध कलामुद्दिन अन्सारी र दैलेख १ मा रविन्द्रराज शर्माविरुद्ध गोपाल नेपाललीले बागी उम्मेदवारी दिएका छन्। 

ओलीले सुदूरपश्‍चिममा नेता भीम रावललाई टिकट नदिएको भन्दै ५१ जनाले पार्टी परित्याग गरेका छन् भने लुम्बिनीमा घनश्याम भूसाललाई टिकट नदिएको भन्दै ४१ नेताहरुले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। ओली आफ्नो वचनमा अडिग रहन नसकेकको, स्वच्छेचारी व्यवहार देखाएको र टिकट वितरणमा पैसाको चलखेल गरेको भन्दै नेताहरु आक्रोशित भएका हुन्। 

एमाले अध्यक्ष ओलीले आफूले उम्मेदवार बनाएकाविरुद्ध उम्मेदवारी दिने एमाले नेताहरुलाई कारबाहीसमेत गरेका छन्। उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट ओलीले निष्कासन गरेका छन्। चुनावको मुखमा पार्टीका शक्तिशाली नेताहरुले नै विद्रोह गरेपछि आगामी निर्वाचनमा ओली नेतृत्वको एमालको श्रमानक पराजय निश्चितजस्तै छ।

विशेष