एन्फाको चुनावी प्रक्रिया अघि नबढाउन आदेश
असोज–१५ । नेपाल फुटबल संघ एन्फाकोे तय भएको चुनावको प्रक्रिया अघि नबढाउन उच्च अदालत पाटनले आदेश दिएको छ ।
यससँगै कात्तिक ८ मा हुने एन्फा चुनाव अन्यौलमा परेको छ । एन्फाका तत्कालीन अध्यक्ष गणेश थापा भ्रष्टाचारको मुद्धाका कारण प्रतिबन्धमा परेपछि फिफाको निर्देशन अनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष चयनका लागि कात्र्तिक ८ मा चुनाव गर्ने तय भएको थियो ।
रेफ्री समितिका विनोद केसीसहितले दिएको रिटमा न्यायाधीश प्रेमराज कार्कीले निर्वाचनको कुनै पक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो । दुवै पक्षसँगको छलफलपछि मात्र निष्कर्षमा पुग्न उपयुक्त हुने भन्दै कात्तिक ५ का लागि पेशी तोकेको छ । अध्यक्षमा कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाको उम्मेदवारी परेको छ ।