मनोरञ्जन

लुट–२ को ट्रेलर तिहारको आसपासमा

लुट–२ को ट्रेलर तिहारको आसपासमा

haaku-kale

असोज–१५ । नेपाली कथानक चलचित्र ‘लुट’ को सिक्वेल भनिएको ‘लुट–२’को पहिलो चरणको सम्पादन (फस्ट कट) कार्य सकिएको छ । पहिलो चरणको सम्पादन सकिएसँगै यसको ट्रेलर र गीत तिहारको आसपासमा सार्वजनिक गर्ने तयारी भइरहेको निर्माण पक्षले जानकारी दिएका छन् । ‘लुट–२’को छायांकन ४१ दिन लगाएर गरिएको थियो । ‘लुट–२’मा ‘लुट’का पात्रहरुमा आएका सामजिक, सांस्कृतिक, राजनीतिक परिवर्तन समेटिएको छ । सौगात मल्ल (हाकु)को समूहले बैंक लुटेर भागेपछि सकिने ‘लुट’ को त्यही विन्दुबाट ‘लुट–२’ को कथा सुरु हुने बताइएको छ । फागुन १३ गते रिलिज डेट लिएको चलचित्रमा सौगात मल्ल, दयाहांङ राई, कर्मा, रिचा शर्मा, विपिन कार्की लगायतका कलाकारको अभिनय छ । निश्चल बस्नेतको लेखन तथा निर्देशन रहेको चलचित्रमा माधव वाग्ले र नरेन्द्र महर्जनले गरेका छन् ।

विशेष