खेल

लिगको दाेस्रो स्थानमा उक्लिने मौका गुमायो एर्भटनले

लिगको दाेस्रो स्थानमा उक्लिने मौका गुमायो एर्भटनले

everton

असोज–१५ । इंग्लिस प्रिमियर लिगको अन्तर्गत शुक्रबार राति भएको खेलमा एर्भटन र क्रिष्टल प्यालेले १–१ गोलको बराबरी खेलेका छन् । यससँगै एर्भटनले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । ३५ औं मिनेटमा रामेलु लुकाकुले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । लुकालुले प्रिमियर लिगमा अहिलेसम्म ६५ गोल गरेका छन् ।

तर ५० औं मिनेटमा क्रिष्टियन बेनटेकले क्रिष्टल प्यालेसका लागि बराबरी गोल फर्काए । यो खेलमा जित निकालेको भए एभर्टन टोटनह्यामलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिने थियो । अहिले तेस्रो स्थानमा रहेको एभर्टनको ६ खेलबाट १४ अंक भएको छ । समान १४ अंक नै भएपनि टोटनह्याम गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । म्यानचेस्टर सिटीले भने १८ अंकका साथ शीर्ष स्थान कायमै राखेको छ ।

विशेष