समाज

नवरात्रको दोस्रो दिनः दीर्घ जीवनका लागि माता ब्रह्मचारणीको पूजा गर्नुहोस्

नवरात्रको दोस्रो दिनः दीर्घ जीवनका लागि माता ब्रह्मचारणीको पूजा गर्नुहोस्

2-brahmacharini-nepalaajaअसोज– १६ । हिन्दू धर्ममा नवरात्रीको विशेष महत्व हुन्छ । मानिसहरु नौ दिनको लागि व्रत राख्ने गर्दछन् र देवीको उपासना गर्दछन् । देवी माताको सच्चा मनबाट याद गर्नाले चिताएको पूरा हुन्छ भन्ने जन विश्वास रहेको छ । हिन्दू धर्ममा एक वर्षमा चारवटा नवरात्री हुने उल्लेख छ । तर आम मानिसहरुलाई जम्मा दुई नवरात्री(चैत्र र शारदीय) बारेमा मात्र जानकारी छ । असोज र माघ महिनाको नवरात्रीलाई गुप्त नवरात्री भनिन्छ । नवरात्रीमा मानिसहरु देवीको नाममा पाठ गरेर र भजन किर्तन गरेर राम्रो फलको कामना गर्दछन् ।

धर्म ग्रन्थ अनुसार नवरात्रीमा सबै तिथीको आफ्नै महत्व रहेको छ । नौ दिनसम्म देवीहरुको छुट्टै पूजा गरिन्छ । नवरात्रीमा हर दिनको अलग अलग महत्व हुन्छ । नवरात्रीको दोस्रो दिन माता ब्रंहचारणीको पूजा हुन्छ ।

माता ब्रह्मचारणी — नवरात्रीको दोस्रो दिन माता ब्रह्मचारणीको पूजा गरिन्छ । ब्रह्मचारणी देवीलाई ब्रम्ह शक्ति अर्थात तपको शक्ति मानिन्छ । यी देवीको पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

ब्रह्मचारणी देवीको साधनाले मानिसलाई जीवनमा कठोर मेहनत र परिश्रम गर्ने पाठ सिकाउँछ । मेहनतबिना सफलता प्रप्त गर्नु ईश्वरको प्रबन्धन विपरीत हो । ब्रंहशक्ति अर्थात सम्झने र तप गर्ने शक्तिको लागि यो दिन शक्तिको स्मरण गरिन्छ । योग शास्त्रमा यो शक्ति स्वाधिष्ठानमा पर्दछ । यस दिन समस्त ध्यान स्वाधिष्ठानमा गर्नाले यो शक्ति बलवान् हुन्छ र सर्वत्र सिद्धि तथा विजय प्राप्त हुन्छ ।

द्वितीया तिथी अर्थात नवरात्रीको दोस्रो दिन मातालाई चिनीको भोग दिइन्छ । यो गर्नाले साधकलाई लामो उमेरको कामना प्राप्त हुनछ ।

विशेष