आज माता चन्द्रघण्टा प्रशन्न बनाउन दूधको भोग, सबै कष्ट निवारण हुने
असोज– १७ । हिन्दू धर्ममा नवरात्रीको विशेष महत्व हुन्छ । मानिसहरु नौ दिनको लागि व्रत राख्ने गर्दछन् र देवीको उपासना गर्दछन् । देवी माताको सच्चा मनबाट याद गर्नाले चिताएको पूरा हुन्छ भन्ने जन विश्वास रहेको छ । हिन्दू धर्ममा एक वर्षमा चारवटा नवरात्री हुने उल्लेख छ । तर आम मानिसहरुलाई जम्मा दुई नवरात्री(चैत्र र शारदीय) बारेमा मात्र जानकारी छ । असोज र माघ महिनाको नवरात्रीलाई गुप्त नवरात्री भनिन्छ । नवरात्रीमा मानिसहरु देवीको नाममा पाठ गरेर र भजन किर्तन गरेर राम्रो फलको कामना गर्दछन् ।
धर्म ग्रन्थ अनुसार नवरात्रीमा सबै तिथीको आफ्नै महत्व रहेको छ । नौ दिनसम्म देवीहरुको छुट्टै पूजा गरिन्छ । नवरात्रीमा हर दिनको अलग अलग महत्व हुन्छ । नवरात्रीको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा हुन्छ ।
माता चन्द्रघण्टा — नवरात्रीको तेस्रो दिन माता चन्द्रघण्टाको साधनामा सर्मपित हुन्छ । यो शक्ति माताको शिवदूती स्वरुप हो । यी देवीको टाउकोमा घण्टाको आकार अर्धचन्द्र छ । त्यसै कारण यी देवीलाई चन्द्रघण्टा भनिएको हो । यस दिन मातालाई दुधको भोग दिइन्छ । यस्तो गर्नाले भक्तको सबै प्रकारका दुःख मुक्त भएर जान्छन् ।