समाज

सुख शान्ति दिने स्कन्दमाताको पूजा आज

सुख शान्ति दिने स्कन्दमाताको पूजा आज

5-skandamata-nepalaajaअसोज– १९ । हिन्दू धर्ममा नवरात्रीको विशेष महत्व हुन्छ । मानिसहरु नौ दिनको लागि व्रत राख्ने गर्दछन् र देवीको उपासना गर्दछन् । देवी माताको सच्चा मनबाट याद गर्नाले चिताएको पूरा हुन्छ भन्ने जन विश्वास रहेको छ । हिन्दू धर्ममा एक वर्षमा चारवटा नवरात्री हुने उल्लेख छ । तर आम मानिसहरुलाई जम्मा दुई नवरात्री(चैत्र र शारदीय) बारेमा मात्र जानकारी छ । असोज र माघ महिनाको नवरात्रीलाई गुप्त नवरात्री भनिन्छ । नवरात्रीमा मानिसहरु देवीको नाममा पाठ गरेर र भजन किर्तन गरेर राम्रो फलको कामना गर्दछन् ।

धर्म ग्रन्थ अनुसार नवरात्रीमा सबै तिथीको आफ्नै महत्व रहेको छ । नौ दिनसम्म देवीहरुको छुट्टै पूजा गरिन्छ । नवरात्रीमा हर दिनको अलग अलग महत्व हुन्छ । नवरात्रीको पाँचौ दिन माता स्कंदमाताको पूजा हुन्छ ।

माता स्कन्दमाता — धर्म शास्त्रको अनुसार पञ्चमी तिथीमा स्कन्दमाताको पूजा गरिन्छ । उनी भक्तलाई सुख, शान्ति प्रदान गर्ने देवी हुन् । दवासुर संग्राम सेनापति भगवान स्कन्दको माता हुनुको कारण माता दुर्गाको पाँचांै स्वरुप स्कन्दमाताको नामले चिनिन्छ । स्कन्दमाताले हामीलाई, जीवन स्वंय राम्रो नराम्रोको बीच एक देवासुर संग्रम छ र हामी स्वयं आफ्नो सेनापति हौं । हामीलाई सैन्य सञ्चालनको शक्ति मिली रहोस् भन्ने पाठ सिकाउँछिन् । त्यसकारण स्कन्दमाताको पूजा आराधना गर्नुपर्छ । यस दिन साधकको मन विशुद्ध चक्रमा अवस्थित हुनुपर्छ जसबाट ध्यान वृत्ति एकाग्र हुन्छ । यो शक्तिले परम शान्ति र सुखको अनुभव गराउँछ ।

नवरात्रीको पाचौँ दिन माता दुर्गालाई केराको भोग दिइन्छ र गरिबलाई केरा दान दिइन्छ । यसो गर्नाले आफ्नो परिवारमा सुख शान्ति छाउँछ ।

विशेष