विचार

माता कात्यायनीको पूजा दिन आज, यस्तो छ महिमा

माता कात्यायनीको पूजा दिन आज, यस्तो छ महिमा

6-katyayini-nepalaaja


असोज–२१ । हिन्दू धर्ममा नवरात्रीको विशेष महत्व हुन्छ । मानिसहरु नौ दिनको लागि व्रत राख्ने गर्दछन् र देवीको उपासना गर्दछन् । देवी माताको सच्चा मनबाट याद गर्नाले चिताएको पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ । हिन्दू धर्ममा एक वर्षमा चारवटा नवरात्री हुने उल्लेख छ । तर आम मानिसहरुलाई जम्मा दुई नवरात्री(चैत्र र शारदीय) बारेमा मात्र जानकारी छ । असोज र माघ महिनाको नवरात्रीलाई गुप्त नवरात्री भनिन्छ । नवरात्रीमा मानिसहरु देवीको नाममा पाठ गरेर र भजन किर्तन गरेर राम्रो फलको कामना गर्दछन् ।

धर्म ग्रन्थ अनुसार नवरात्रीमा सबै तिथीको आफ्नै महत्व रहेको छ । नौ दिनसम्म देवीहरुको छुट्टै पूजा गरिन्छ । नवरात्रीमा हर दिनको अलग अलग महत्व हुन्छ । नवरात्रीको सातौैं दिन माता कात्यायनीको पूजा हुन्छ ।

माता कात्यायनी — नवरात्रीको छैटौँ दिन आदिशक्ति श्री दुर्गाको छैठौँ रुप अर्थात कत्यायनीको पूजा अर्चना गरिन्छ । महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भएर आदिशक्तिले उही महर्षिकोे पुत्रीको रुपमा जन्म लिएकी थिइन् । त्यसकारण यी दवीलाई कात्यायनी भनिएको हो ।

माता कात्यायनीको उपासाना गर्नाले आज्ञा चक्र जाग्रतीको सिद्धी साधक स्वंयलाई प्राप्त हुनेछ । उनको साधना गर्नाले यस लोकमा स्थिर रहेर पनि अलौकिक तेज र प्रभावबाट युक्त भइन्छ भन्ने विश्वास छ । त्यसका साथै साधकका रोग, शोक, संताप, भय आदि नष्ट भएर जान्छ भन्ने मान्यता छ ।

नवरात्रको छैटौँ दिन माता दुर्गालाई ‘शहद’को भोग चढाईन्छ र यसको दान पनि गरिन्छ । यो उपायबाट धन आगमनको योग हुनेछ ।

विशेष