काल नाश गर्ने माता कालरात्रीको पूजाले दरिद्रता अन्त्य
असोज–२१ । हिन्दू धर्ममा नवरात्रीको विशेष महत्व हुन्छ । मानिसहरु नौ दिनको लागि व्रत राख्ने गर्दछन् र देवीको उपासना गर्दछन् । देवी माताको सच्चा मनबाट याद गर्नाले चिताएको पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ । हिन्दू धर्ममा एक वर्षमा चारवटा नवरात्री हुने उल्लेख छ । तर आम मानिसहरुलाई जम्मा दुई नवरात्री(चैत्र र शारदीय) बारेमा मात्र जानकारी छ । असोज र माघ महिनाको नवरात्रीलाई गुप्त नवरात्री भनिन्छ । नवरात्रीमा मानिसहरु देवीको नाममा पाठ गरेर र भजन किर्तन गरेर राम्रो फलको कामना गर्दछन् ।
धर्म ग्रन्थ अनुसार नवरात्रीमा सबै तिथीको आफ्नै महत्व रहेको छ । नौ दिनसम्म देवीहरुको छुट्टै पूजा गरिन्छ । नवरात्रीमा हर दिनको अलग अलग महत्व हुन्छ । नवरात्रीको सातौं दिन दिन माता कालरात्रीको पूजा हुन्छ ।
माता कालरात्री — महाशक्ति माता दुर्गाको सातौँ स्वरुप हो कालारात्री । माता कालारात्रीले कालको नाश गर्छिन् । त्यसकारण उनलाई कालरात्री भनिएको हा । नवरात्रीको सातौँ दिनमा कालरात्रीको पूजा गरिन्छ ।
माता कालरात्रीको आराधनाको समयमा भक्तलाई आफ्नो मनको भानु चक्र अर्थात शिर मध्य स्थित गर्नुपर्छ । यो आराधानाको फलस्वरुप भानु चक्रको शक्ति जागृत भएर आउँछ । माता कालरात्रीको भक्तिले मनका हर प्रकारका भय नष्ट हुँदै जान्छन् भन्ने मान्यता छ । जीवनका हर समस्याको पलभरमा हल गर्ने शक्ति प्राप्त हुने तथा शत्रुको नाश गर्ने माता कालरात्री आफ्ना भक्तलाई हर परिस्थितीमा विजय दिलाउँछिन् भन्ने विश्वास छ ।
सप्तमीको दिन माता कालरात्रीलाई गुडको वस्तुको भोग दिइन्छ । त्यसै गरि गरिबलाई दान पनि गरिन्छ । यसो गर्नाले दरिद्रता भाग्दछ ।