आज महागौरीको पूजा, नरिवल भोग गर्नहोस मातालाई, सोचेको पूरा हुन्छ
असोज–२२ । हिन्दू धर्ममा नवरात्रीको विशेष महत्व हुन्छ । मानिसहरु नौ दिनको लागि व्रत राख्ने गर्दछन् र देवीको उपासना गर्दछन् । देवी माताको सच्चा मनबाट याद गर्नाले चिताएको पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ । हिन्दू धर्ममा एक वर्षमा चारवटा नवरात्री हुने उल्लेख छ । तर आम मानिसहरुलाई जम्मा दुई नवरात्री(चैत्र र शारदीय) बारेमा मात्र जानकारी छ । असोज र माघ महिनाको नवरात्रीलाई गुप्त नवरात्री भनिन्छ । नवरात्रीमा मानिसहरु देवीको नाममा पाठ गरेर र भजन किर्तन गरेर राम्रो फलको कामना गर्दछन् ।
धर्म ग्रन्थ अनुसार नवरात्रीमा सबै तिथीको आफ्नै महत्व रहेको छ । नौ दिनसम्म देवीहरुको छुट्टै पूजा गरिन्छ । नवरात्रीमा हर दिनको अलग अलग महत्व हुन्छ । नवरात्रीको आठौं दिन माता महागौरीको पूजा हुन्छ ।
माता महागौरी — नवरात्रीको आठौं दिन माता महागौरीको पूजा गरिन्छ । आदिशक्ति श्री दुर्गाको अष्टमी रुप श्री महागौरी हुन् । माता महागौरीको रंग अत्यन्त गोरो भएको कारण उनलाई महागौरीको नामले पुकारिन्छ । आठौँ दिन हाम्रो शरिरको सोम चक्र जागृत गर्ने दिन हो । सोम चक्र हाम्रो निधारमा हुन्छ । यो दिन साधना गर्दै गरेको समयमा आफ्नो ध्यान यही चक्रमा कन्द्रित गर्नुपर्छ । श्री महागौरीको आराधानाबाट सोम च्क्र जागृत हुन्छ र यो चक्रसँग सम्बन्धित सबै सबै शक्ति श्रद्धालुको प्राप्त हुन्छ ।
यस दिन माता महागौरीलाई प्रसन्न बनाउने भक्तको जीवनमा सबै सुख प्राप्त हुने मान्यता छ । यसका साथै यी देवीको भक्त गर्नाले मनमा शान्ति मिल्छ भन्ने विश्वास छ ।
अष्टमी तिथीको दिन माता दुर्गालाई नरिवलको भोग चढाइन्छ र नरिवल दान पनि गरिन्छ । यसले सुख समृद्धि प्राप्ति हुन्छ । ]