माता सिद्धिदात्रीको आराधनाबाट सत्ययुगमा देव–असुर सबैले शक्ति आर्जन गर्थे
असोज–२३ । हिन्दू धर्ममा नवरात्रीको विशेष महत्व हुन्छ । मानिसहरु नौ दिनको लागि व्रत राख्ने गर्दछन् र देवीको उपासना गर्दछन् । देवी माताको सच्चा मनबाट याद गर्नाले चिताएको पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ । हिन्दू धर्ममा एक वर्षमा चारवटा नवरात्री हुने उल्लेख छ । तर आम मानिसहरुलाई जम्मा दुई नवरात्री(चैत्र र शारदीय) बारेमा मात्र जानकारी छ । असोज र माघ महिनाको नवरात्रीलाई गुप्त नवरात्री भनिन्छ । नवरात्रीमा मानिसहरु देवीको नाममा पाठ गरेर र भजन किर्तन गरेर राम्रो फलको कामना गर्दछन् ।
धर्म ग्रन्थ अनुसार नवरात्रीमा सबै तिथीको आफ्नै महत्व रहेको छ । नौ दिनसम्म देवीहरुको छुट्टै पूजा गरिन्छ । नवरात्रीमा हर दिनको अलग अलग महत्व हुन्छ । नवरात्रीको नवौं दिन माता सिद्धिदात्रीको पूजा हुन्छ ।
माता सिद्धिदात्री — नवरात्रीको अन्तिम दिन अर्थात नवौँ दिन माता सिद्धिदात्रीका पूजा आरधाना गरिन्छ । माता सिद्धिदात्रीले भक्तलाई हर प्रकारको सिद्धि प्रदान गरिदिन्छिन् । यस दिन भक्तलाई पूजाको समयमा आफ्नो सारा ध्यान निर्वाण चक्र जुन हाम्रो कपालमा हुन्छ, त्यसमा केन्द्रित गर्नुपर्छ । यस्तो गर्नाले दवीको कृपाले उक्त चक्रबाट सम्बन्धित शक्ति भक्तलाई क्रमशः प्राप्त हुँद जान्छ । सिद्धिदात्रीको आशिर्वाद पछि श्रद्धालुको लागि केही कार्य असंभव भन्ने हुँदैन । उसलाई सबै सुख समृद्धि प्राप्त हुन्छ ।
नवौँ दिन मातालाई विभिन्न प्रकारका अन्नको भोग दिइन्छ र गरिवलाई पनि दान गरिन्छ । यसले परलोक र लोकमा आनन्द र वैभव प्राप्त हुने विश्वास छ ।
यसरी नवरात्रीका नौ दिनमा गरिने पूजाको छुटाछुटै महत्व रहेको छ । जुन नौ स्वरुपको पूजा हुन्छ त्यो सबैको अलग महत्व रहेको छ । नवरात्रीमा सफाईमा भक्तजनको विशेष ध्यान जानु जरुरी छ । माताको हर स्वरुपको पूजा विधिवत रुपमा गर्नुपर्छ । जो भक्तले माताको साँचो हृदयबाट पूजा आरधाना गर्छ उसको सबै मनोकामना पूरा हुने विश्वास छ ।
Siddidatri