हिन्दू नेपालीको मात्रै होइन, सबै नेपालीको महान पर्व हो दसैं , यो तथ्य बुझौं

हिन्दू परम्पराअनुसार चण्डी र विनायक अर्थात गणेशको उपासनाको साह्रै ठूलो महिमा छ । प्रसंग हो चण्डीे उपासनाको । अर्थात दुर्गा भवानीको । यसलाई बडादसैंका नामले पनि चिनिन्छ । नवदुर्गाको उपासना अश्विन शुक्ल प्रतिपदाबाट शुभारम्भ हुन्छ र अश्विन शुक्ल पूर्णिमामा समापन गरिन्छ ।
१५ दिनसम्म लगातार मनाईने बडादसैंलाई हिन्दू धर्ममा दुई भागमा विभाजन गरेर हेर्ने गरिन्छ । लामो समयसम्म मनाइने चाड भएकाले यसलाई बडादसैं भनिएका हो । नेपालीहरुको लामो समयसम्मको चाड भनेको यो मात्रै हो । दसैंलाई दुई भागमा बाड्नुपर्दा नौ दिन अर्थात घटस्थापनादेखि लिएर नवमीसम्म साधनाको पक्ष हो । यो नौ दिन दुर्गा शक्तिको चण्डिको पाठको पक्ष हो भने बाँकी ६ दिन टिका लगाउने, इष्ट मित्र बन्धुबान्धव भेट्ने, खुशियाली मनाउने, आशिर्वाद लिनेदिने परम्परा हो । सिङ्गो आश्विन शूक्ल पक्ष जुन छ त्यसलाई हामील दसैं भन्ने गरेका हौं ।
वर्षमा चारवटा नवरात्र हुन्छ । ती चारवटा नवरात्रमध्यमा पनि दुईवटा नवरात्रको साह्रै ठूलो महिमा छ । ती दुईवटा नवरात्र भनेको एउटा चैत्रमा पर्ने र एउटा असोजमा पर्ने नवरात्र हो । असोजमा पर्ने नवरात्र नवदुर्गा भवानीको नौ दिनसम्मको साधना हो । त्यसको पनि अझ बढि विशिष्ट महिमा हुने भएकाल यसलाई बडादसैं भनिएको हो ।
विजयादशमी किन भनियो भन्दा, विजय गर्ने भएकोले गर्दा यसलाई विजया दशमी भनिएको हो । तर विजय कसमाथि गर्ने त ? शत्रुमाथि गर्ने ? अर्कामाथि गर्ने ? कि आफू माथि गर्ने ? अर्थात आफ्ना दुर्गुणहरु माथि नै गर्ने ? काम ,क्रोध, लोभ, मोह आदि जति पनि मानिसहरु भित्र रहेका दुर्गुणहरु छन् त्यसमाथि विजय प्राप्त गर्ने भएका हुनाले पनि यसलाई विजयादशमी भनिएको हो ।
दशमीको जहाँसम्म प्रसंग छ, नौ दिनसम्म साधना गरेर नवरात्रको आरधाना पूरा गरेर, नौ दिनसम्म माता दुर्गादेवीलाई चण्डीका माध्यमबाट उपासना गरेर त्यो नौ दिनको साधना पूरा भएको उत्सव र खुशीयालीसहित आनन्दसहित हामीले दसौं दिनमा बल्ल टिका लिने र दिने गरेकोले गर्दा यसलाई दशमी पनि भनिन्छ, दसैं पनि भनिन्छ ।
वर्षका दुईवटा दसैंमध्येमा चैते दसैं र बडादसैं मध्येमा बडादसैंँको नेपालमा साह्रै ठूलो महिमा छ । नेपाली संस्कृति र भारतीय सस्ंकृतिलाई जोडेर अथवा तुलना गरेर हेर्नुपर्दा नेपालमा बडादसैंँको बढि महिमा छ । भारतमा चैते दसैंको अझ बढि महिमा छ । जुन किसिमले नेपालमा जमराको स्थापना गरेर नौ दिनसम्म दुर्गा शक्ति अर्थात चण्डीको पाठ गरेर दसैं मनाइन्छ, त्यो विधान नेपालको शक्ति उपासनाका हिसावले अत्यन्तै विशिष्ट विधान हो ।
त्यहि भएर नेपालमा दसैंको जुन महान् पर्व छ , त्यो वैद्धिक, बौद्ध, आदिवासी, किराँत, प्राकृत शक्ति उपासनाका हिसावले यसका साह्रै ठूलो महिमा छ । किनकी नेपाल भनेको शक्तिपीठ हो । शक्तिको प्रार्दुभाव भएको पवित्र भूमि हो र नेपामा शक्तिका उपासना वैद्धिक, बौद्ध, किँरात, आदिवासी परम्परामा समान रुपले गरिन्छ । यहि शक्तिको उपासनाको महत्वपूर्ण चाड भएको नाताले गर्दा दसैंँ नेपालीहरुकै महान् चाड हो । (डा.चिन्तामणी योगीसँग कञ्चन न्यौपानले गरेको कुराकानीमा आधारित )
chinatamani yogi dashain of all nepali