खेल

६१औं प्रहरी दिवसकाे अवसरमा रनिङ्ग कप भलिबल प्रतियोगिता सुरु

६१औं प्रहरी दिवसकाे अवसरमा रनिङ्ग कप भलिबल प्रतियोगिता सुरु
असोज १५ । ६१औं प्रहरी दिवस २०७३ को अवसरमा आयोजित प्रहरी दिवस रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबारबाट सुरु भएको छ । police नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले प्रतिष्ठानमा आयोजित एक समारोहवीच राष्ट्रिय भलिवल रेफ्री रवि वोगटीलाई भलिबल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गगरेका छन् । कार्यक्रममा प्रहरी उपरीक्षक गोरखसिंह भण्डारीले स्वागत मन्तव्य तथा खेलकुद सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थियो । शुक्रवारबाट सुरु भई असोज १८ गते समापन हुने प्रतियोगितामा प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र ५ वटै क्षेत्रीय प्रहरी कार्यालयका टिम गरी जम्मा ८ टिमको सहभागिता रहेको छ । लिग कम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा लिग चरणका १२ खेल, सेमिफाईनलमा २ खेल र फाईनल १ खेल गरी जम्मा १५ खेल हुनेछन् ।

Nepal Police Police Volleyball

विशेष